Butwal Today

फागुनमा चुनाव असम्भव भन्दै कांग्रेस बैठकमा मिति हेरफेरको सुझाव

३१ आश्विन २०८२, शुक्रबार
अ+
अ-

 काठमाडौं, ३१ असोज ।

नेपाली कांग्रेसको बैठकमा आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको मिति पुनर्विचार गर्नुपर्ने प्रस्ताव उठेको छ ।

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बैठकमा बोल्दै तोकिएको समयमा पहाडी जिल्लाहरूमा निर्वाचन सम्भव नहुने दाबी गरे ।
उनका अनुसार, फागुनमा चिसो र मौसमसम्बन्धी चुनौतीका कारण पहाडी क्षेत्रमा निर्वाचन सञ्चालन कठिन हुन्छ ।

शर्माले भने, “फागुन २१ मा पहाडी जिल्लामा निर्वाचन हुन सक्दैन ।”

उनले निर्वाचनको मिति वैशाख मसान्तमा सार्नुपर्नेमा जोड दिए । “वैशाखमा गर्दा शान्ति सुरक्षाको वातावरण पनि निर्वाचन अनुकूल बनाउन सरकारले समय पाउँछ,” उनले तर्क गरे ।