ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

मुस्ताङको मार्फामा उपभोक्ताको आकर्षण

२ पुष २०७९, शनिबार
२ पुष २०७९, शनिबार

भैरहवा, २ पुस ।

भैरहवा महोत्सवको स्टल न्ं १७२ मा उपभोक्ताको अत्यधिक चाप हुँदा सञ्चालक सुकुन रसाइली खुशीले गदगद भइन् ।

मुस्ताङ जिल्लाको घरपझोङ्ग गाउँपालिका २ मा ब्यवसाय गरेकी सुकुन रसाइलीले आफ्नो उद्योगमा उत्पादित फलफुल तथा तरकारी, जाम÷क्याण्डी, आलु चिप्स, खुर्सानीको जाम÷सकुटी, सिस्नोको पाउडर, दाल, जिम्मु, फापरको पिठो, ओखर, टिमुरको छोप, अचार, रातो मकैमा भैरहवाको स्टलमा उपभोक्ताको भिडभाड रहेको छ ।

“मुस्ताङको सामग्री भनेर धेरैको आकर्षण रहेको छ, आयोजकदेखि उपभोक्ताहरुको अत्यधिक भिडभाड छ, दैनिकी १५ देखि १८ हजारसम्म बिक्री हुन्छ”–रसाइलीले भनिन् । मुस्ताङ जिल्लामा स्याउका परिकारहरु, स्याउको सुकुटी, स्याउको जाम, स्याउ क्याण्डी, मुस्ताङको आलु चिप्स पोखरा तिर धेरै माग हुने गरेको छ, रसाइलीले भनिन्, लोकल अर्गानिक र हाइजेनिक हो ।

मार्फा फलफुल तथा तरकारी प्रशोधन उद्योगकी सञ्चालक सुकुन रसाइलीले मुख्य उद्देश्य भनेको मुस्ताङ्मा आउने बाह्य र आन्तरिक पर्यटकलाई हाइजेनिक प्रविधिबाट प्रशोधन गरी लेभलिङ प्याकिङ गरी बिक्री गरेर स्वरोजगार सँगसँगै अरुलाई पनि रोजगार दिने उद्योगको मुख्य उद्देश्य रहेको बताइन् ।

महिला हिँसा आर्थिकसँग जोडिएको रसाइलीको तर्क रहेको छ । “महिला अंगाडि आउन आर्थिकरुपमा सबल हुनुपर्छ । एक घर एक उद्यमी नेपाल सरकारले नारा मात्रै ल्यायो साँच्चीकै एक घर एक उद्यमी बनाउने हो भने हाम्रो देश नेपाललाई कृषि प्रधान देश बनाउने हो भने महिलालाई कृषिमा अंगाडि ल्याउनुपर्छ” रसाइलीले भनिन् ।

“म महिला उद्यमी हो मैले सरकारलाई भन्न चाहन्छु, कोभिडले गर्दा ब्यवसायहरु मारमा परेका छन्, कृषि उद्यमी महिलाको काँधमा थपिएको छ” रसाइली भन्छिन्, “महिला उद्योगलाई सहयोग गर्ने अनुदान दिने हो भने उद्योग खोलेर धेरै रोजगार दिन सकिन्छ । महिलासंग लालपुर्जा हुँदैन महिलालाई सरकारले अनुदानको ग्यारेन्टी गर्नुपर्छ ।”

भैरहवा महोत्सवमा मुस्ताङको मार्फा फलफुल तथा तरकारी प्रशोधन उद्योगमा स्याउको सुकुटी ६० ग्रामको २ सय, फ्रेस स्याउ ३ सय रुपैयाँ किलो, टिमुरको छोप २ सय रुपैयाँ, ग्रेबी अचार ३ सय ग्रामको ५ सय रुपैयाँमा बिक्री भएको सञ्चालक रसाइलीले बताइन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म प्रसाद न्यौपानेले मुस्ताङबाट मार्फा, स्याउ र सुकुटी देखाएको र त्यसको प्रबद्र्धन गर्न खोजेको बताए । मेलालाई थप आकर्षण गर्नका लागि र थप ब्यावसायिक प्रवद्र्धनका लागि जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष चार दिन सम्म बसेर मेला अवलोकन गरेर समेत गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?