© २०२३
काठमाडौं, २९ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्ला कार्यसमिति अध्यक्ष बेदबहादुर शाहीसहित चार जना पदाधिकारीलाई एक वर्षका लागि निलम्बन गरेको छ ।
बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय लिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् ।
निलम्बनमा परेका अन्य तीन जना क्रमशः जुम्लाका उपाध्यक्ष विमल शाही, कालीबहादुर महत र कर्णाली प्रदेश सदस्य मन्सुर सुनार रहेका छन् । पार्टीको अनुशासन समितिको सुझावका आधारमा निलम्बन निर्णय गरिएको लिङ्देनले बताएका छन् ।