Butwal Today

संसद् पुनर्स्थापनाको विपक्षमा राप्रपा

२९ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, २९ असोज ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले संसद् पुनर्स्थापनाको मागको खुलेर विरोध गरेको छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठले संसद् पुनर्स्थापनाको प्रयास जनआन्दोलन–जेनजी विद्रोहको भावना विपरीत रहेको बताउँदै यस्तो कदम जनताको परिवर्तनप्रतिको चाहनाको अपमान हुने बताएका छन् ।

श्रेष्ठका अनुसार राप्रपाले आज सभामुख देवराज घिमिरेले आह्वान गरेको सर्वदलीय बैठकमा पनि यही अडान प्रस्तुत गर्नेछ । उनका भनाइमा, “संसद् पुनर्स्थापनाको माग गर्नु भनेको जनताले गरेको विद्रोह र परिवर्तनको अस्वीकार गर्नु हो ।”

सामाजिक सञ्जालमार्फत समेत उनले आफ्नो धारणा प्रस्ट पार्दै लेखेका छन्, “फेरि पनि कुनै कोणबाट विघटित संसद् पुनर्स्थापनाको माग गरिनु जनताको परिवर्तनको चाहनाविपरीत र जेनजी विद्रोहको अपमान हुनेछ । यो दुष्कर्ममा कोही पनि नलागोस् ।”

राप्रपाले संसद् विघटनपछि उत्पन्न राजनीतिक अवस्थालाई नयाँ जनादेशका माध्यमबाट समाधान गर्नुपर्ने अडान लिँदै आएको छ । पार्टीका अनुसार पुरानो संरचना पुनर्जीवित गर्नु लोकतान्त्रिक प्रक्रियाको विरुद्ध र जनताको म्यान्डेटप्रतिको अवज्ञा हो ।