© 2026
गुल्मी, २९ असोज ।
नख्खु कारागारबाट फरार बनेका कैदी बन्दी गुल्मीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको धुर्कोट गाउँपालिका–७ थेप्चे निवासी ३६ वर्षीय भरत भन्ने साजन अर्याल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक दीपक शाहको नेतृत्वमा खटिएको टोलीले मंगलबार अर्याललाई घरबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गा बहादुर सारूले जानकारी दिएका छन् ।
पक्राउ परेका अर्याललाई आवश्यक कानुनी कारबाहीका लागि कारागार तम्घास ल्याइएको छ । जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका अर्याल भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएको प्रहरीले जनाएको छ ।