© २०२३
काठमाडौँ ।
चालु आर्थिक वर्षको दुई महिनामा ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले वृद्धि भएको थियो ।
२०८२ सालको भदौ महिनामात्रै रु. १७४ अर्ब ६७ करोड विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको भदौमा यो रकम रु. १२७ अर्ब ९९ करोड रहेको थियो ।
यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो वृद्धिदर १४.२ प्रतिशत थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय रु. ३८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो आय रु. २८७ अर्ब ७६ करोड थियो ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत—नयाँ) लिने नेपालीको संख्या ९० हजार १ सय ९८ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ४५ हजार ८ सय ८४ पुगेको छ । अघिल्लो वर्ष यो संख्या क्रमशः ७६ हजार ४ सय ८५ र ४० हजार ५ सय ८३ थियो ।