Butwal Today

जेनजी आन्दोलन दमनमा संलग्नहरूमाथि फौजदारी अनुसन्धानको माग गर्दै सर्वोच्चमा रिट दर्ता

२८ आश्विन २०८२, मंगलवार
अ+
अ-

काठमाडौं ।

गत महिनाको जेनजी आन्दोलनको दमनमा संलग्नहरूलाई फौजदारी अपराधअन्तर्गत अनुसन्धान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।

सिन्धुपाल्चोकका युवराज पौडेलले सर्वोच्चमा दर्ता गराएको उक्त रिटमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गरिएको छ ।

त्यससँगै, जेनजी आन्दोलनको दमनमा प्रत्यक्ष संलग्न रहेको आरोप लगाइएका चार जनामाथि कारबाही गर्न आग्रह गरिएको छ । रिटमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक (आईजीपी) र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई फौजदारी अनुसन्धानमा ल्याउन आदेश जारी गरिनु पर्ने माग गरिएको छ ।

रिट निवेदनमा भनिएको छ, ‘उक्त कार्य गर्न अवरोध सिर्जना गर्ने गरी नेपाल सरकार वा कुनै मन्त्रालयबाट निर्णय भएको रहेछ भने सो निर्णय खुलाउन लगाई बदर गरियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?