© २०२३
काठमाडौँ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज प्रदेश सभाबाटै राजीनामाको घोषणा गरेका छन् ।
विश्वासको मत लिने उद्देश्यले बोलाइएको प्रदेश सभा बैठकमा आफ्ना धारणा राख्दै उनले अन्त्यमा राजीनामा दिने घोषणा गरेका हुन् ।
राजीनामा घोषणा गर्नुअघि मुख्यमन्त्री सिंहले सरकार सञ्चालनका क्रममा जनमत पार्टीले दिएको असहयोगबारे कडा टिप्पणी गरे ।
उनले पार्टीको केन्द्रीय नेतृत्व र प्रदेश संसदीय दलका नेताले एकल निर्णय गरेर पार्टी सञ्चालन गरेकोप्रति पनि गम्भीर असन्तुष्टि व्यक्त गरे ।
सिंहले बजेट निर्माणको सन्दर्भमा जनमत पार्टीको अध्यक्ष डा. सीके राउतप्रति पनि आरोप लगाए । उनका अनुसार, पाँच लाखसम्मको रकम विनियोजन गरिँदा आफूले आपत्ति जनाउँदा समेत अध्यक्ष राउतले उल्टै त्यस्ता बजेट राख्नेलाई प्रोत्साहन गरेको बताए ।