© 2026
काठमान्डौ, २८ असोज ।
सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध मंगलबार पाँचवटा रिट दायर भएका छन् । वर्तमान सरकार काम चलाऊ भएको भन्दै दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्नु नगराउनु भन्दै रिट पेस गरिएको छ ।
अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार रिट दायरको उद्देश्य सरकारको अस्थायी कार्यवाहीकालमा स्थायी वा दीर्घकालीन असर पार्ने कदम नउठाउन दबाव बनाउनु हो ।
जेनजी आन्दोलनपछि नयाँ प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरी फागुन २१ मा मध्यावधि निर्वाचन घोषणा गरेका थिए ।
सर्वोच्च प्रशासनले सबै दायर रिटहरू अहिले अध्ययनको क्रममा रहेको जानकारी दिएको छ ।