ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

थारु गाउँ बस्तीमा नजिकिँदै तिहारको रौनक 

२८ आश्विन २०८२, मंगलवार
२८ आश्विन २०८२, मंगलवार

बर्दिया, २८ असोज ।

यहाँका थारु गाउँ बस्तीहरूमा तिहारको रौनक बढ्न थालेको छ । दसैँ सकिएसँगै थारु गाउँमा हुर्डुङ्ग, सखिया र झुम्रा नाचले गर्दा रौनक बढेको हो । थारु समुदायका किसानहरूले दिनभरि खेतमा धान काट्ने र साँझको खाना खाएर नाच गरेर रमाइरहेका छन् ।

यति बेला किसानहरू दिनरात नभनी धान काट्ने खेतमा खटिएका छन् तर थारु बढैयाताल गाउँपालिका वडा नम्बर ५ का किसान युवायुवतीहरू तिहार नजिकिए सँगै दिनभरि खेतमा धान काट्ने र राती ७ बजे देखि करिब ११ बजेसम्म आफ्नो परम्परा संस्कृति अनुसार नाच गान गर्न लागि परेका छन् ।

बढैया गाउँमा दसैँमा थारु नाच सँगै थारुका पुर्खाहरूले लेखेको लिपि लगायतका अन्य थारु परम्परा अनुसारका नाचको गानको लागि राखिएको थियो जस तालिममा करिब ६० युवा युवतीहरूले भाग लिएको बाबा खरक खनिया युवा सञ्जाल बढैयाका अध्यक्ष राकेश थारुले बताए ।

उनले भने तालिम लिएपछि युवायुवतीहरूमा आफ्नो रीतिरिवाज संस्कृति सँग धेरै लगाव देखिएको छ । दिनभरि खेतमा काम गरे पनि साझा नाच गर्न जुतिहल्ने रहेको बताए ।मादल बजाएको करिब ५५ वर्ष भयो तर यसरी नाचमा चासो नदेखेको मादल बजाउने मादले पुर्खा पतिराम थारुले बताए ।

युवा पुस्ताले देखाएको जोस हाम्रो पालामा देखिएको थिएन । दसैँ भन्दा पहिला गाउँका युवाहरूले मिलेर थारु पौराणिक लिपि, मादल बजाउने, गीत गाउने र नाच्ने तालिम भएपछि झनै उत्साह देखिएको छ ।

हाम्रो पालामा जति नाचगान गरे पनि यसरी गाउँका मानिसहरूमा उत्साह देखेको थिएन तर हामीले गर्न नसकेको काम युवा पुस्ताहरूले गरेर देखाए । हाम्रो गाउँको युवाहरू जस्तै सबै जातजातिका युवाहरूलाई आफ्नो परम्परा र संस्कृति अनुसार परम्परा बचाई राख्न अभियान थाल्न जरुरी रहेको देखिन्छ ।

तालिममा सहभागी भएपछि आफ्नो परम्परा अनुसारको नाच निकै रमाई भइरहेको छ । पहिलामा थारु भाषाको गीत गाउन नसक्ने गरेको कारणले मलाई खसाइ रुचि नरहेको बढैयाताल गाउँपालिका वडा नम्बर ५ का स्थानीय युवा भुलै थारुले बताए ।

उनले भने तालिम लिएपछि गीत गाउन र मादल बजाउन सिकी सकेको छु । अब अरू फिल्मी गीत र नाच भन्दा आफ्नै भाषाको गीत गाउन मन लाग्ने गरेको हुन्छ । खदिन भरी खेतमा काम गरे पनि दसैँ झैँ तिहारको लहर लागे जस्तो भएको छ ।

साझा पाखा जति थकाइ लागेपनि नाच गर्ने रहर आइलागे हुन्छ । जस कारणमा हरेक दिन साझा नाच गर्न गाउँमा पुगेको स्थानीय युवा थारुले बताए । युवाहरूमा आफ्नो संस्कृति परम्परामा जोस आएको देख्दा गाउँलेहरू चकित भएका छन् । आफ्नो परम्परा र संस्कृति बचाउन सबै एक जुट हुनै पर्ने उनीहरूको योजना रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?