ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि

अवैध काठ निकासी प्रकरण : वन अधिकृत मिश्रामाथि छानबिन प्रक्रिया सुरु

२७ आश्विन २०८२, सोमबार
२७ आश्विन २०८२, सोमबार

जितपुर, २७  असोज ।

कपिलवस्तु जिल्लाको कोठीपिपरास्थित मायादेवी साझेदारी वनबाट अवैध रूपमा काठ निकासी गरेको आरोपमा वन अधिकृत मोहन मिश्रामाथि औपचारिक रूपमा छानबिन प्रक्रिया सुरु गरिएको छ ।

दशैंको बिदाको अवसरमा अष्टमीका दिन सालको काठ ट्र्याक्टरमार्फत वनक्षेत्रबाट निकालिएको आरोपसहित उनीमाथि अनुशासन तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको हो ।

लुम्बिनी प्रदेश सरकारको वन निर्देशनालयले उक्त घटनाको छानबिनका लागि निमित्त महानिर्देशक प्रभात सापकोटाको संयोजकत्वमा समिति गठन गरेको छ ।

समितिमा वरिष्ठ डिभिजनल वन अधिकृत ईश्वरी प्रसाद पौडेलसहितका अन्य अधिकारीहरू सदस्य रहेका छन् । टोलीले घटनास्थलको अध्ययन, फिल्ड अवलोकन, प्रमाण संकलन र कानुनी आधारहरूको मूल्यांकन सुरु गरिसकेको निर्देशनालयले जनाएको छ ।

वरिष्ठ वन अधिकृत पौडेलका अनुसार कोठीपिपरास्थित सुधार कटान प्लट नं. ४, ५ र ६ को अनुगमनका क्रममा दुई थान सालको काठ जंगलमै रूखको आडमा भेटिएको थियो ।

“प्रारम्भिक अध्ययनमै वन प्रशासनमा गम्भीर लापरबाही भएको पुष्टि भएको छ,” पौडेलले बताए । उनका अनुसार मिश्राले कानुनविपरीत कार्य गरेको र पदीय जिम्मेवारीप्रति विश्वसनीयता गुमाएको निष्कर्ष प्रारम्भिक रूपमा देखिएको छ ।

गत जेठमा कटान गरिएको काठ चार महिनापछि बिना कागजात निकासी गरिएको आरोप मिश्रामाथि लागेको हो । दशैं बिदाको मौका छोपी उनी स्वयंको निर्देशनमा लु ३ त ६२९५ नम्बरको ट्र्याक्टरमार्फत सालको गोलिया वनक्षेत्रबाट निकालिएको थियो ।

स्थानीय उपभोक्ताको सूचना र जनपद प्रहरी तथा सशस्त्र प्रहरीले गरेको निगरानीमा उक्त ट्र्याक्टर काठसहित नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले बरामद ७ थान सालका गोलिया वन कार्यालयलाई बुझाएको छ भने ट्र्याक्टर जमानतमा छाडिएको बताइएको छ । अन्य ७ थान गोलिया जंगलमै संकलनको तयारीमा रहेको स्थानीय गोपाल पाण्डेले बताएका छन् ।

वन अधिकृत मिश्राले काठ गत आर्थिक वर्षमा कटान भएको लटबाट संकलन भएको दाबी गरेका छन् । तर, डिभिजन वन कार्यालयको स्वीकृति, चलानी आदेश र वन प्रवेश अनुमतिपत्र नलिई काठ निकासी गर्नु वन ऐन २०७६ र वन नियमावली २०७९ विपरीत रहेको छ ।

मिश्राले कटान म्याद समाप्त भइसकेपछि अन्दाजी १०० क्यूबिक फिट काठ निकासी गरेको पाइएको छ। उनले यो “गल्ती भएको स्वीकार” गरेको स्रोतले जनाएको छ ।

२०८२ जेठ ८ गते सोही वनको प्लट नं. ६ बाट हराएको १४ थान सालको गोलिया प्रकरणमा पनि मिश्राको नाम जोडिएको थियो । स्थानीय स्रोतका अनुसार, हालको निकासी त्यसै हराएको काठको पूर्ति गर्न गरिएको हुन सक्ने आशंका छ ।

मायादेवी साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष दिनेश जयसवालको अनविज्ञता पनि शंकास्पद देखिएको छ। स्थानीय स्रोतका अनुसार, मिलेमतोमा काठ बिक्री भएको सम्भावना रहेको अनुमान गरिएको छ।

सामुदायिक वा साझेदारी वनमा कुनै पनि काठ उठाउन कडा कानुनी प्रक्रिया आवश्यक हुन्छ, तर मिश्राले कुनै पनि औपचारिक प्रक्रिया नअपनाएको पाइएको छ ।

वन ऐन २०७६ को परिच्छेद १५, दफा ४९ (उपदफा च) अनुसार, वन क्षेत्रबाट वन पैदावार हटाउने, ओसारपसार वा बिक्री गर्ने कार्य गैरकानुनी मानिन्छ । यसरी गैरकानुनी रूपमा एक लाखदेखि पाँच लाख रुपैयाँसम्मको विगो भएमा एक वर्षसम्म कैद, विगो बमोजिम जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।

मिश्रा हाल दशैं बिदामा भारत भ्रमणमा रहेको र सो कारण छानबिनमा केही ढिलाइ भएको वन निर्देशनालय स्रोतले जनाएको छ । तर प्रारम्भिक अनुसन्धानले उनले चरम लापरबाही र कानुनविपरीत कार्य गरेको निष्कर्ष देखाएको छ । दोषी प्रमाणित भएमा मिश्रामाथि कडा कानुनी कारबाही हुने लुम्बिनी वन निर्देशनालयले स्पष्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?