© 2026
काठमान्डौ, २७ असोज ।
देशभर सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको हो । आइतबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आजको दर हालसम्मकै उच्च मूल्य हो । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको दरमा तीव्र वृद्धि हुँदै प्रतिऔंस ४ हजार ५० अमेरिकी डलर नाघेको छ, जुन हालसम्मकै उच्च स्तर मानिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज प्रतितोला ३ हजार २ सय २० रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिनको तुलनामा ९५ रुपैयाँले बढी हो ।