ट्रेंडिंग:

>> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए

‘टीओबी’ टिसर्ट लगाएका युवकले पेस्तोल बोकेको तस्बिर भाइरल, खोजी गर्दै प्रहरी

२६ आश्विन २०८२, आइतबार
२६ आश्विन २०८२, आइतबार

काठमाडौं ।

जेन–जी आन्दोलनका क्रममा टीओबी (तिब्बतियन ओरिजनल ब्लड) लेखिएको टिसर्ट लगाएका एक युवकले पेस्तोल बोकेको तस्बिर सार्वजनिक भएपछि प्रहरी सतर्क बनेको छ। उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले ती युवकको खोजी सुरु गरेको जनाएको छ।

केही दिनयता सामाजिक सञ्जालमा टीओबी लेखिएको टिसर्ट लगाएका शंकास्पद व्यक्तिहरू आन्दोलनमा घुसपैठ गरेको चर्चा हुँदै आएको थियो। यस्ता व्यक्तिहरूले आन्दोलनको भीडलाई उक्साउने प्रयास गरेको देखिने थुप्रै तस्बिर र भिडियोहरू पनि सार्वजनिक भएका छन्। तीमध्ये एक युवाले पेस्तोल बोकेको देखिने तस्बिर बाहिरिएपछि प्रहरीले यसलाई गम्भीर रूपमा लिएको हो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार सो तस्बिर र यससँग सम्बन्धित भिडियो फुटेजहरू संकलन गरी अनुसन्धान अघि बढाइएको छ। “उक्त युवकको पहिचान गर्ने कार्य भइरहेको छ। प्रमाण संकलन भइसकेपछि आवश्यक कानुनी कारबाहीका लागि पक्राउ गरिनेछ,” भट्टराईले भने।

सामाजिक सञ्जालमा भाइरल तस्बिरमा बिजुलीबजार पुल नजिकको स्थान जस्तो देखिन्छ। त्यसमा टीओबी लेखिएको सेतो टिसर्ट लगाएका एक युवकले आफ्नो पाइन्टको पछाडितर्फ पेस्तोल घुसाइरहेको देखिन्छ भने छेउमा उभिएको अर्को युवकले नियालिरहेको दृश्य देखिन्छ।

प्रहरीको प्रारम्भिक मूल्यांकन अनुसार उक्त तस्बिर सक्कली हो र यसमा देखिएका व्यक्तिहरूको पहिचान गर्न विशेष टोली खटाइएको छ। प्रहरीका अनुसार यस घटनाले जेन–जी आन्दोलनमा बाहिरी समूहहरूको संलग्नताबारे पनि थप प्रश्नहरू उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?