Butwal Today

सरकारी भवन पुनर्निर्माणका लागि कार्ययोजना तयार गर्न अर्थ मन्त्रालयलेको सर्कुलर

२६ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २६ असोज ।

अर्थ मन्त्रालयले देशभरका सरकारी कार्यालयहरूलाई तोडफोड र आगजनीबाट क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि कार्ययोजना तयार गर्न सर्कुलर गरेको छ ।

गत २४ भदौमा देशभरका विभिन्न सरकारी तथा सार्वजनिक भवनमा तोडफोड र आगजनी भएको थियो । सिंहदरबारभित्रका भवनहरू, सर्वोच्च अदालत, जिल्ला अदालत, विशेष अदालत लगायतका संरचना समेत क्षतिग्रस्त भएका थिए । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, जुन संघीय संसद् भवनको रुपमा प्रयोग हुँदै आएको थियो, जलाएर नष्ट गरिएको थियो ।

अर्थ मन्त्रालयले संघीय संसद् सचिवालयमा समेत सर्कुलर पठाएको छ । यसबारे गत शुक्रबार सभामुख देवराज घिमिरेको उपस्थितिमा प्रशासनिक बैठक समेत बसेको थियो । संसद् सचिवालयका अनुसार पार्किङमा रहेका १९ वटा गाडी र ३६ वटा मोटरसाइकलमा क्षति पुगेको छ भने दुई वटा मोटरसाइकल हराएका छन् ।