Butwal Today

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

२६ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २६ असोज ।

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शनिबार अचानक स्वास्थ्य समस्या देखिएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । सोही दिन राष्ट्रपति निवास शीतल निवासमा जेन–जी प्रतिनिधिहरूसँग वार्ता तय गरिएको थियो, तर स्वास्थ्य अवस्थाका कारण वार्ता सोमबारका लागि सारिएको छ ।

वार्ता नभएकोमा असन्तुष्ट जेन–जी प्रतिनिधिहरूले शनिबार शीतल निवास अगाडि नाराबाजीसमेत गरेका थिए ।