Butwal Today

आदिवासी जेनजी कलेक्टिभद्वारा टासी ल्हान्जोममाथिको आक्रमणको निन्दा

२६ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २६ असोज ।

आदिवासी जेनजी कलेक्टिभले हुम्लाकी जलवायु अभियन्ता टासी ल्हान्जोममाथि सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक र विभेदपूर्ण आरोपहरूको कडा शब्दमा निन्दा गरेको छ ।

२५ वर्षीया ल्हान्जोमलाई ‘नेपालीजस्तो नदेखिने’, ‘नेपाली भाषा नबोल्ने’ र ‘विदेशी शक्तिबाट प्रभावित’ भएको आरोप लगाउँदै मन्त्री बनाउँदा राष्ट्रिय अखण्डता जोखिममा पर्नेजस्ता टिप्पणीहरू सार्वजनिक भएपछि कलेक्टिभले विज्ञप्ति जारी गर्दै ती सबै आरोपहरू निराधार र घृणापूर्ण भएको जनाएको हो ।

कलेक्टिभले आदिवासी समुदायलाई अनुहार, भाषा र संस्कृतिका आधारमा शताब्दियौँदेखि प्रणालीगत रूपमा बहिष्करण गरिँदै आएको स्मरण गराउँदै भनिएको छ, “संविधानले समानता र समावेशीकरणको ग्यारेन्टी गरे पनि व्यवहारमा आदिवासी समुदाय निरन्तर विभेद र दोहोरो अन्यायको शिकार हुँदै आएको छ ।”

विज्ञप्तिमा आदिवासी महिला तथा नागरिकहरूलाई सार्वजनिक जीवनमा अदृश्य बनाउने प्रवृत्तिको अन्त्यका लागि राज्य र समाज दुवै जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको छ ।

सो विज्ञप्तिमा आदिवासी जेनजी कलेक्टिभ र जेनजी मुभमेन्ट एलायन्स दुबैको संयुक्त हस्ताक्षर रहेको छ ।

हेर्नुहोस् विज्ञप्ति :