Butwal Today

जेनजीसँग वार्ता गर्दागर्दै बिरामी परेपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

२५ आश्विन २०८२, शनिबार
अ+
अ-

काठमाडौँ ।

जेनजी प्रतिनिधिहरूसँग शीतल निवासमा छलफल गर्दागर्दै अस्वस्थ भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।

आज बिहान प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीका प्रतिनिधिसँग छलफल गर्दागर्दै राष्ट्रपति बिरामी परेका हुन्।

त्यसपछि उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।

अहिले उनको स्वास्थ्य परीक्षण भइरहेको अस्पताल स्रोतले जनाएको छ।

अब जेनजीका प्रतिनिधिसँग आगामी सोमबार दिउँसो ३ बजे छलफल गरिने राष्ट्रपतिको सचिवालयले जनाएको छ।

त्यसो त आज वार्ताका लागि सुदन गुरुङको टोली शीतल निवास छिरेपछि बाहिर असन्तुष्ट जेनजी युवाले नाराबाजी गरेका कारण पनि छलफल अघि बढ्न सकेन।