ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा

अर्थतन्त्रमा परनिर्भरता नै विकासको वाधकः प्रदेश प्रमुख शेरचन

१ पुष २०७९, शुक्रबार
१ पुष २०७९, शुक्रबार

बर्दघाट, १ पुस ।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले अर्थतन्त्र परनिर्भर हुँदा देश विकास हुन नसकेको बताएका छन् । बर्दघाट उद्योग वाणिज्य सँघको आयोजनामा शुक्रबारबाट सुरु भएको छैंटौँ बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला २०७९ को उद्घाटन गर्दै प्रमुख शेरचनले उक्त कुरा बताएका हुन् ।

नेपाल प्राकृतिक सम्पदामा धनी मुलुक हुँदा हुँदै पनि प्रकृतिको समुचित ब्यवस्थापन गर्न नसक्दा देश विकास हुन नसकेको शेरचनको भनाइ थियो । नेपालकै कच्चा पदार्थको पूर्ण उपयोग गरी उत्पादित वस्तुमात्र स्वदेशी उत्पादन हुने बताउँदै प्रमुख शेरचनले बाहिरबाट सामान ल्याएर जोडजाड पारेका सामान नेपाली उत्पादन भन्न नमिल्ने बताए ।
उनले स्थानीय स्तरमा कृषि, पर्यटन र साना उद्योगले स्वावलम्बी बनाउने बताउँदै सरकारले स्थानीय उत्पादनमा समेत जोड दिनुपर्ने बताए ।

कार्यक्रममा पश्चिम नवलपरासी क्षेत्र नम्बर १ (१) का प्रदेश साँसद विश्वप्रेम पाठक, बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ, उपप्रमुख रुद्र प्रकाश उपाध्याय, बर्दघाट बजार विकास समितिका अध्यक्ष तारा गौतम लगायतले स्थानीय उत्पादनलाई जोड दिँदै अर्थतन्त्रमा टेवा पुर्याउनु पर्ने बताएका थिए ।

बर्दघाट उद्योग वाणिज्य सँघका अध्यक्ष लेखनाथ न्यौपानेले सँस्था स्थापना भएको छोटो समय भएपनि ठूला उद्योग भन्दा पनि साना उद्योग र ब्यवसायीहरुलाई प्राथमिकतामा राख्दै संघ अघि बढेको बताएका थिए ।

पुस १ देखि ११ गतेसम्म सञ्चालन हुने ब्यापार मेलामा कृषि, पर्यटन, स्थानीय जातजातीका सँस्कृतिको प्रदर्शनी, बाल उद्यान लगायत मनोरन्जनका ब्यवस्था रहेको सँघका महासचिव दिनेश न्यौपानेले जानकारी दिए ।

दुइसय ब्यावसायिक स्टल रहेको महोत्सवमा स्थानीय कृषि उत्पादन, लघु उद्यमीका उत्पादन समेत रहेको महासचिव न्यौपानेले जानकारी दिए । महोत्सव बर्दघाट नगरपालिका वडा नम्बर ४ को हरियाली नगर स्थित बर्दघाट मण्डपमा सँचालन भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?