© २०२३
बुटवल, २४ असोज ।
अनेरास्ववियु रुपन्देहीले जेनजी आन्दोलनलाई गलत रुपमा दुरुपयोग गरेको अभियोगमा काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह (बालेन) र सुदन गुरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा पक्राउका लागि किटानी जाहेरी दिएको हो ।
भाद्र २३ र २४ गते Zen-Z आन्दोलनको दुरुपयोग गरी जिल्ला भित्रका विभिन्न भौतिक संरचना, सरकारी भवनहरु, कार्यालयहरु, कागजातहरु तथा व्यक्तिगत भवन तथा चल अचल सम्पत्तिहरु ध्वस्त, नष्ट हुने गरी तोडफोड, लुटपाट र आगजनी जस्ता कार्यमा विद्यार्थीहरु तथा युवाहरुलाई उकास्ने काम गरी निर्दोष युवा–विद्यार्थी, सर्वसाधरणको ज्यान समेत जाने गरी मुठभेठमा संलग्न गराई हत्या गरेको अभियोगमा किटानी जाहेरी दिएको हो ।
अनेरास्ववियु रुपन्देहीका अध्यक्ष अर्जुन गैरे सहितको जिल्ला नेतृत्वले जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रदिपकुमार क्षेत्रीलाई किटानी जाहेरी बुझाएको हो ।
जाहेरी बुझ्दै प्रहरी जिल्ला प्रमुख क्षेत्रीले देशको अवस्था गम्भिर भएको, शान्ति सुरक्षामा खटिने प्रहरीहरुको हतियार लुटिएको, प्रहरी साथीहरुको मनोवल कमजोर भएको अवस्था रहेको हुँदा सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम गर्ने कुरामा साथ दिन संगठनलाई अनुरोध गरेका थिए ।