Butwal Today

एमाले केन्द्रीय कमिटीको बैठक दुई दिन सारियो

२४ आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, २४ असोज ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक तयारी पूरा नभएको कारण सारिएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बैठकको तयारी पूरा नभएको जानकारी दिँदै बैठक असोज २९ देखि ३१ गते काठमाडौँमा बस्ने तय भएको बताए ।

यसअघि बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौँमा बस्ने निर्धारित थियो ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालय जेनजी आन्दोलनको समयमा आगजनी र तोडफोडको शिकार भएको थियो ।

आज बस्ने पार्टीको सचिवालय बैठकले आगामी केन्द्रीय कमिटी बैठकको कार्यसूची तयार गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?