Butwal Today

एक खेलअगावै सुपर सिक्समा पुगेका नेपाल र जापान भिड्दै

२४ आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

आईसीसी टी-२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा आज (शुक्रबार) नेपाल र जापान भिड्दै छन्।

ओमान क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ।

नेपाल र जापान समूह चरणको एक खेलअघि नै सुपर सिक्समा पुगिसकेका छन्। समूह बीमा लगातार दोस्रो हार बेहोर्दै कतार समूह चरणबाट बाहिरिसकेको छ।

कतारको लगातार दोस्रो हारले नेपाल र जापान एक खेलअघि नै सुपर सिक्समा पुगेका हुन्।  नेपालले समूह चरणको पहिलो खेलमा कतारलाई ५८ रनले हराएको हो।जापानले कतारलाई ५ विकेटले हराएको हो।

नेपाल रहेको समूह बीमा कुवेतसँगै जापान छन्। समूह एमा मलेसिया, कतार र यूएई छन्। समूह सीमा ओमान, पपुवा न्युगिनी र सामोआ छन्।

एसिया एन्ड इस्ट एसिया छनोटमा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्। सुपर सिक्सको शीर्ष ३ मा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?