© २०२३
काठमान्डौ, २३ असोज ।
लगातार बढिरहेको सुनको मूल्यले आज पुनः नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले वृद्धि भई २लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको छ ।
हिजो बुधबार तोलाको दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज फेरि बढ्दै ऐतिहासिक स्तरमा पुगेको हो । यसअघि सोमबार र बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । महासंघका अनुसार चाँदी एकैदिन ६५ रुपैयाँले बढेर तोलाको तीन हजार २५ रुपैयाँ पुगेको छ ।