ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

‘बिस वर्ष पारी बिहे बारी, यही हो हाम्रो जिम्मेवारी’

२३ आश्विन २०८२, बिहीबार
२३ आश्विन २०८२, बिहीबार

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो पटक गर्भवती हुन २० देखि ३० वर्षको उमेर उपयुक्त हुन्छ भने कानुनी रूपमा विवाह गर्न महिला र पुरुष दुवै कम्तीमा २० वर्ष पूरा भएको हुनुपर्दछ ।

महिलाको लागि २० देखि ३५ वर्ष र पुरुषको लागि २० देखि ४०/४५ वर्ष सम्मको उमेर उपयुक्त मानिन्छ । त्यसैले उमेर २० वर्ष पछाडि र ३० वर्ष अगाडि पहिलो बच्चा जन्माउनु महिलाको लागि बच्चा जन्माउने निकै राम्रो उमेर मानिन्छ । सामान्य भाषामा भन्नुपर्दा २० वर्ष पारी अनि बिहे बारी भन्ने भनाई स्वास्थ्यको नाराकै रूपमा चलेको पाइन्छ ।

विभिन्न तथ्याङ्कहरूको आधारमा भन्नुपर्दा १९५० देखि १९६० मा २३ वर्षका पुरुष र २० वर्षका महिला १९६० देखि २००३ मा २७ वर्षका पुरुष र २५ वर्षका महिला अनि हालको तथ्याङ्कको आधारमा २५ वर्षका महिला र २६ वर्षका पुरुष हरूको उपयुक्त उमेर भन्ने भेटिएका छन् भने कानुनी रूपमा पनि विवाह गर्ने उपयुक्त उमेर महिला र पुरुष दुवै २० वर्ष उमेर पूर्ण रूपमा पूरा भएको हुनुपर्दछ ।

विवाह २० वर्ष उमेर पूरा भइसकेपछि गर्दा महिला र पुरुष दुबैको शारीरिक परिपक्वता पूर्ण रूपमा हुनुको साथै प्रजनन अङ्गहरू परिपक्व रूपमा विकसित हुन्छन् ।

साथै उनीहरू विवाहको बारेमा बुझ्न शारीरिक र मानसिक रूपमा परिपक्व हुन सक्ने र विवाहलाई आफ्नो एउटा सकारात्मक मार्ग रेखाको रूपमा समेत लैजान सक्ने हुनाले बिहे २० वर्ष पछि गर्नु उपयुक्त मानिन्छ ।

यसका फाइदाहरू:
१. महिला तथा पुरुष दुबैमा शारीरिक परिपक्वता आउँछ ।
२. प्रजनन अङ्गहरू पूर्ण रूपमा विकसित भैसकेको हुन्छ ।
३. परिवारको योजना बनाउन सक्ने क्षमताको विकास भैसकेको हुन्छ ।
४. महिला तथा पुरुष दुवै आफूमा आत्मनिर्भर भैसकेका हुन्छन् ।
५. पूर्ण रूपमा स्वस्थ र तन्दुरुस्त बच्चा जन्मिन्छ ।

६. शारीरिक, मानसिक, सामाजिक, पारिवारिक तथा संवेगात्मक रूपमा परिपक्व भैसकेको हुनाले अन्य खालका नकारात्मक समस्याहरूमा झेलिनु पर्दैन ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो पटक गर्भवती हुन २० देखि ३० वर्षको उमेर उपयुक्त हुन्छ भने कानुनी रूपमा विवाह गर्न महिला र पुरुष दुवै कम्तीमा २० वर्ष पुरा भएको हुनुपर्दछ । महिलाको लागि २० देखि ३५ वर्ष र पुरुषको लागि २० देखि ४०÷४५ वर्ष सम्मको उमेर उपयुक्त मानिन्छ ।

त्यसैले उमेर २० वर्ष पछाडि र ३० वर्ष अगाडी पहिलो बच्चा जन्माउनु महिलाको लागि बच्चा जन्माउने निकै राम्रो उमेर मानिन्छ । दुवै दम्पतीले आफ्नो जीवनको उपयुक्त समय छानी आफ्नो पढाई, काम, जागिर, व्यापार आदी दिनचर्याको कार्यलाई मध्यनजर गरेर बच्चा कहिले जन्माउने, कति जन्माउने, कहाँ जन्माउने, कसरी जन्माउने र जन्मान्तर कति राख्ने भन्ने बारेमा योजनाबद्ध तरिकाले बच्चा जन्माउने योजना बनाउन सकिन्छ । त्यही अनुसारको योजना बनाउन जरुरी छ ।

किनकि कुनै पनि काम पूर्व योजना बिना गर्दा कार्य सफलता गराउन अनेक समस्या आइपर्ने र योजनाबद्ध तरिकाले गरिएका कार्यहरू सजिलै सफलताका साथ सम्पन्न हुने हुँदा योजना बनाउनु जरुरी छ । २० वर्ष उमेर पूरा नभै पहिलो गर्भधारण गर्दा आमामा निम्न जटिलता हुन सक्दछ ।

क. शारीरिक जटिलता: 
धेरै टाउको दुख्नु, अत्यन्तै पेट दुख्नु, हिँडडुल गर्न अत्यन्तै असजिलो हुनु, हातखुट्टा काम्ने, वा मुर्छा पर्नु निकै कडा रूपले तल्लो पेट दुख्नु । पाठेघर रप्चर हुनु, बच्चा जन्माउँदा योनिद्वार च्यातिनु आदी ।

ख. मानसिक जटिलता: 
डर लाग्नु, चिन्ता लिइरहनु, एकोहोरो हुनु जस्ता दीर्घकालीन असरहरू देखिन सक्दछन् ।

बच्चामा हुने जटिलता:

क. गर्भावस्थामा कुपोषण र अन्य कारणले शिशुमा अपाङ्गता हुन सक्दछ ।
ख. अपाङ्गता हरूमा अटिजम, डाउन सिन्ड्रोम, पैतला अथवा हात बाङ्गिनु ।
ग. बहिरोपन ,मोतिया विन्दु ,ओठ काटिएको, मुटु सम्बन्धि समस्या आदी देखिन्छन् ।
घ. पाठेघर सानो भएको आमाहरूको कारणले बच्चाको बृद्धि विकास पूर्ण रूपमा हुन सक्दैन ।

पारिबारीक समस्याहरू:

१. शारीरिक समस्याः आमालाई दिर्घकालिन रूपमा स्वास्थ्य समस्या देखिँदा उपचार गर्दा लगातार शरिर कमजोर हुने जस्ता समस्या ।
२. आर्थिक समस्याः लगातारको उपचारमा पैसा खर्च हुने । आर्थिक पाटोमा कमजोर बनिने ।
३. मानसिक समस्याः सधै चिन्तित, डर त्रास भइरहने, पारिवारिक जटिलता समेत आउने ।
४. पारिवारिक योजना अनुसार कार्य गर्न नसकिने ।
५. पारिवारिक झन्झट, चिन्ता, तनाव अनि बैमनस्यता समेत उत्पन्न हुन सक्दछ ।
बिहे बारी र बच्चा २० वर्ष पछि गर्दा निम्नानुसारका पारिवारिक फाईदा हुन सक्दछ ।
१. निरोगी परिवार
२.सुखी परिवार
३. खुसी परिवार
४.आर्थिक रूपमा संवृद्धि
५. शिक्षा दिक्षा र चेतना बृद्वि गर्न सजिलो
६. योजनाबद्ध कार्यले गर्दा पारिवारिक झैझगडा वैमनस्य आदिबाट टाढा रहन सकिने ।
७. आमा बच्चा र परिवारलाई नै शारीरिक, मानसिक, सामाजिक, पारिवारिक र सम्बेगात्मक रूपमै सफलता हासिल हुने ।
यसकारणले गर्दा बिहेबारीलाई २० वर्ष पछाडि नै गर्नुपर्ने कुरामा सचेत बनौं । पहिलो बच्चा ३० वर्ष भित्रमा जन्माऔँ । जन्मान्तर ३ देखि ५ वर्षको कायम गरौं । यसो गर्दा हरेक बालबालिकाको स्वास्थ्यमा सकारात्मक र सुरक्षित प्रभाव पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?