© २०२३
काठमाडौं ।
मध्य म्यानमारको एक धार्मिक उत्सवका क्रममा प्याराग्लाइडबाट बम खसालिँदा कम्तीमा २४ जनाको ज्यान गएको छ भने ४७ जना घाइते भएका छन् ।
जनरल डिफेन्स फोर्सका एक स्थानीय अधिकारीका अनुसार सोमबार साँझ चाउङ-यू टाउनशिपमा आयोजना गरिएको थाडिङयुत उत्सवमा करिब १०० जना सहभागी थिए । सोही क्रममा आकाशबाट प्याराग्लाइडमार्फत दुईवटा बम खसालिएको अधिकारीहरूले जनाएका छन् ।
उक्त उत्सव बौद्ध परम्परासँग जोडिएको धार्मिक कार्यक्रम थियो । यसमा सैनिक शासकविरुद्ध मैनबत्ती बाल्ने शान्तिपूर्ण प्रदर्शनसमेत समावेश थियो । सन् २०२१ मा सैन्य कूपछि म्यानमारमा राजनीतिक अस्थिरता चुलिँदै गएको छ ।
संयुक्त राष्ट्रसंघको अनुमानअनुसार, हालसम्म जारी द्वन्द्वमा ५ हजारभन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ ।