Butwal Today

गण्डकीका मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा रुपन्देहीका थापा पक्राउ

२१ आश्विन २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा रुपन्देही (लुम्बिनी)का युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका ४ का २२ वषीय संजोक थापा रहेको कास्की प्रहरीले जनाएको छ। थापा कास्कीको पोखरा महानगरपालिका ७ राष्ट्र बैंक चोकमा बस्दै आएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतका अनुसार भदौ १२ गते राति पोखरा ६ सहिदचोकमा रहेको मुख्यमन्त्री निवासमा आगजनी गरेर फरार रहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा थापाले नेपाल राष्ट्र बैंक परिसरनजिकै रहेको एनआईएमबी बैंकको एटिएम मेसिनमा ढुंगामुढा गरी स्क्रिन तोडफोड गरेको पनि खुलेको छ।

मुख्यमन्त्री निवासमा भदौ २४ को जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी भएको थियो। फेरि भदौ १२ गते पनि त्यहाँ आगजनी भएको थियो। प्रहरीले यस्ता घटनामा संलग्नमाथि अनुसन्धान र खोजी जारी रहेको जनाएको छ।