ट्रेंडिंग:

>> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा

बाढीले ३२ जलविद्युत् आयोजना प्रभावित, इलाममा १६ आयोजना ठप्प

२० आश्विन २०८२, सोमबार
२० आश्विन २०८२, सोमबार

काठमाडौँ, २० असोज ।

असोज १७ देखि १९ गतेसम्मको लगातारको भारी वर्षाका कारण १० जिल्लाका ३२ वटा जलविद्युत आयोजना प्रभावित भएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमवार दिउँसोसम्मको प्रारम्भिक विवरणअनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ आयोजना बाढी तथा पहिरोबाट प्रभावित भएका हुन् ।

विगतका वर्षहरूमा बाढीको पूर्वसूचना प्राप्त नहुँदा तथा प्राप्त सूचनाप्रति पनि विश्वास नहुँदा ठूला मानवीय क्षति हुने गरेकोमा यस वर्ष इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौता भई सोहीअनुसार सूचना प्रवाह गरिएको थियो ।

त्यसकै कारण मानवीय क्षति रोक्न सफल भएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए । समयमै आवश्यक तयारी गर्दा यसपटकको भारी वर्षामा जलविद्युत आयोजनामा तुलनात्मक रूपमा कम भौतिक क्षति भएको उनको भनाइ छ ।

सञ्चालनमा रहेका १७ आयोजना मध्ये १५ वटा आयोजना इलाम जिल्लामा मात्र रहेका छन्, जसको विद्युत उत्पादन हाल पूर्ण रूपमा ठप्प भएको छ ।

बाँकी दुई आयोजना पाँचथरमा रहेको १४.९ मेगावाटको हेवाखोला र बागमती प्रदेशमा रहेको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना हुन् । लिखु–४ बाहेक सबै आयोजनाको उत्पादन बन्द भएको छ । लिखु–४ को उत्पादन भने करिब १ घण्टासम्ममात्र रोकिन पुगेको थियो ।

निर्माणाधीन जलविद्युत आयोजनामध्ये सबैभन्दा धेरै क्षति पहुँच मार्गमा देखिएको छ । मनाङमा रहेको ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत आयोजनाले निर्माण गरेको १२ किलोमिटर लामो पहुँच मार्गका धेरै स्थानमा पहिरो गएको छ ।

प्रवर्द्धक कम्पनी लालुपाते हाइड्रोपावरका सञ्चालक मोहनकुमार डाँगीका अनुसार, यो आयोजना हालसालै मात्रै निर्माण प्रारम्भ भएकाले स्थायी सडक संरचना निर्माण नहुँदाको अवस्थामा वर्षाले बाटो बगाएको हो ।

त्यसैगरी, इलाममा रहेको १० मेगावाट क्षमताको सिद्धिखोला जलविद्युत आयोजना व्यवसायिक उत्पादनमा जान केही दिन मात्रै बाँकी रहेको अवस्थामा बाढीले क्षति पुर्‍याएको छ । यसले गर्दा उत्पादन मिति पछि धकेलिएको छ ।

पाँचथरमा रहेको २१.५ मेगावाटको सभाखोला बी र ९.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजनाको निर्माण सामग्री र उपकरणहरू बाढीले बगाएको छ ।

सिन्धुपाल्चोकमा रहेका ब्रम्हायणी, माथिल्लो ब्रम्हायणी, बलेफी र तल्लो बलेफी लगायतका जलविद्युत आयोजनाको पहुँच मार्ग पनि बाढीले बगाएको छ ।

यस्तै, रसुवाको लाङटाङ खोला, भोजपुरको इर्खुवा खोला बी र माथिल्लो इर्खुवा, म्याग्दीको माथिल्लो ठुलो खोला, लमजुङको हिडी खोला, रामेछापको खिम्ति–२ र धादिङको गसाली खोलामा रहेका आयोजना पनि प्रभावित भएका छन् ।

यी आयोजनाको पहुँच मार्ग र अन्य संरचनामा क्षति पुगेका कारण विद्युत उत्पादन मिति पछि धकेलिएको इप्पानले जनाएको छ ।

इप्पानका अनुसार, सञ्चालित तथा निर्माणाधीन अवस्थामा रहेका आयोजनासम्म पुग्ने पहुँचमार्गहरू अवरुद्ध भएकाले क्षतिको विस्तृत विवरण आउन अझै केही समय लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?