© २०२३
काठमाडौँ ।
भारतको ओडिशा राज्यमा दुई समुदायबिचको तनाव र हिंसात्मक घटनापछि इन्टरनेट सेवा र सामाजिक सञ्जाल अस्थायी रूपमा बन्द गरिएको छ । बीबीसी हिन्दीका अनुसार, कटक सहरका धेरैजसो क्षेत्रमा ३६ घण्टाका लागि कर्फ्यु लगाइएको छ ।
विश्व हिन्दु परिषद्ले आज कटक क्षेत्रमा १२ घण्टे बन्दको आह्वान गरेको छ । दुई दिनअघि दुर्गा पूजा विसर्जनका क्रममा भएको झडपपछि सहरमा तनाव चुलिएको हो । झडपका क्रममा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेपछि आठ जना प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको बताइएको छ ।
सम्बन्धित घटनामा २५ जना घाइते भएका छन् । ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले घटनाप्रति दुःख व्यक्त गर्दै हिंसामा संलग्न व्यक्तिहरूमाथि कडा निगरानी राखिएको र कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन् ।