© 2026
काठमान्डौ, २० असोज ।
लगातार वृद्धि हुँदै आएको सुनको मूल्य सोमबार पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो । पछिल्ला केही सातादेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएसँगै नेपाली बजारमा पनि त्यसको सीधा प्रभाव परेको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार ९३० रुपैयाँ रहेको चाँदी सोमबार २ हजार ९६० रुपैयाँमा पुगेको छ ।