© 2026
काठमाडौँ ।
भीषण वर्षा गराउने बंगालको खाडीको जलवाष्पयुक्त हावा नेपालमा आउन छाडेको छ। आज बिहान जल तथा मौसम विज्ञानको मौसम पूर्वानुमान महाशाखाले जारी मौसम बुलेटिनमा अहिले देशमा मनसुनी वायुको प्रभाव मात्र रहेको उल्लेख गरिएको छ।
बंगालको खाडीबाट जलवाष्पयुक्त वायु आउन बन्द भएसँगै आज भारी वर्षाको सम्भावना देखिएको छैन।
मौसम महाशाखाका अनुसार,
आज दिउँसो : कोसी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोसी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति : कोसी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ।