Butwal Today

भारतका तीन राज्यमा खोकीको औषधि सिरपमाथि प्रतिबन्धित

१९ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, १९ असोज ।

बालबालिकाको मृत्यु घटनापछि भारतका कम्तीमा तीन राज्यले खोकीको औषधि सिरपमाथि प्रतिबन्ध लगाएका छन् । एएफपीका अनुसार मध्य प्रदेश, तमिलनाडु र केरला राज्यले प्रतिबन्ध घोषणा गरेका हुन् ।

मध्य प्रदेश र राजस्थानमा अगस्टको अन्त्यदेखि पाँच वर्षमुनिका कम्तीमा नौ बालबालिकाको मृत्यु उनीहरूलाई दिइएको खोकीको सिरपसँग सम्बन्धित रहेको पुष्टि भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ती बालबालिकाले सेवन गरेका सिरपको नमूनामा गरिएको प्रयोगशाला परीक्षणमा औद्योगिक विलायकका रूपमा प्रयोग हुने विषाक्त पदार्थ डाइथाइलिन ग्लाइकोल पाइएको छ । यो पदार्थ सानो मात्रामा समेत शरीरमा पुगेमा घातक हुने जनाइएको छ ।

कोल्ड्रिफ कफ सिरप नामक ब्रान्डमा बिक्री हुने उक्त औषधि दक्षिण भारतको तमिलनाडुस्थित स्रेसन फार्मा कम्पनीले उत्पादन गरेको हो । यही औषधिको प्रयोगका कारण सन् २०२२ मा गाम्बियामा पनि ७० भन्दा बढी बालबालिकाको मृत्यु भएको थियो ।