Butwal Today

मौसम विभागको सूचनालाई बेवास्ता गरी ज्योतिषको कुरा मान्दा पदयात्री जोखिममा परे : मन्त्री घिसिङ

१९ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, १९ असोज ।

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले मौसम विभागको सूचनालाई बेवास्ता गर्दा लाङटाङमा पदयात्री थप जोखिममा परेको दाबी गरेका छन् ।

उनका अनुसार, केही पदयात्रीहरूले सामाजिक सञ्जालमार्फत ज्योतिष हरिहर अधिकारीले दिएको “पानी नपर्ने” भविष्यवाणीमा विश्वास गर्दा ज्यान गुमाउनुपर्यो ।

मन्त्री घिसिङले भने, “केही ज्योतिषले पानी नपर्ने भन्दै फैलाएको अफवाहलाई विश्वास गर्दा लाङटाङमा पदयात्रीले ज्यानै गुमाउनुपर्यो ।”

ज्योतिष हरिहर अधिकारीले आफुले पानी पर्दैन भन्ने भविष्यवाणीलाई सामाजिक सञ्जालमा राखेका थिए। लगत्तै उनले क्षमा माग्दै सुरक्षित हुन आग्रह गरेका थिए। मन्त्री घिसिङले सोही घटनालाई लक्षित गर्दै, पदयात्रीहरूले मौसम विभागको चेतावनी बेवास्ता गरी ज्योतिषको कुरामा विश्वास गरेको बताए ।