Butwal Today

कान्ति लोकपथ आज ४ बजेबाट सञ्चालनमा, बीपी राजमार्ग खुल्न अझै ४ दिन लाग्ने

१९ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

बाढी तथा पहिरोका कारण अवरुद्ध भएको कान्ति लोकपथ आजदेखि पुनः सञ्चालनमा ल्याइने भएको छ । सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार आज दिउँसो ४ बजेदेखि यातायात सुचारु गरिने छ ।

महानिर्देशक जैसीका अनुसार अधिकांश राजमार्गहरू खोल्न सकिने अवस्थामा छन् । तर, इलाम र झापाको माइखोला क्षेत्रमा भने अझै यातायात सञ्चालनमा समस्या रहेको उनले जानकारी दिए ।

त्यस्तै, बीपी राजमार्गअन्तर्गतको भकुण्डेबेसी सडक खण्डमा पानीको बहाव घटेपछि चार दिनपछि यातायात सञ्चालन गर्ने तयारी गरिएको छ । बीपी राजमार्गका खोलाहरूमा पानीको बहाव अत्यधिक भएकाले तत्काल सम्पूर्ण सडक खुलाउन कठिनाइ भइरहेको उनले बताए ।

हाल धुलिखेलदेखि भकुण्डेबेसी सडक खण्डमा एकतर्फी यातायात सुचारु गरिएको छ भने पहिरो पन्छाउने काम अझै जारी छ ।

झापाको चारआलीदेखि माइखोलासम्मको सडक सञ्चालनमा आए पनि माइखोलामा ठूला सवारी रोकिएको छ । यद्यपि साना गाडीलाई आवागमनको अनुमति दिइएको छ ।

इलामतर्फको सडकमा अझै समस्या रहे पनि, फिदिमबाट तमोर करिडोर हुँदै धरान–भेडेटारतर्फ निस्कने वैकल्पिक मार्ग खुलेको भन्दै जैसीले त्यस क्षेत्रमा समस्या नरहेको जानकारी दिए ।