Butwal Today

इलाममा पहिरोले ज्यान गुमाएका २३ जनाको पहिचान खुल्यो

१९ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

इलाममा अविरल वर्षासँगै गएको पहिरोका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

पहिरोका कारण इलाम नगरपालिका, सूर्योदय नगरपालिकास्थित मानेभञ्ज्याङ, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिका मा ठूलो मानवीय क्षति भएको हो ।

प्रहरीका अनुसार मृत्यु भएका ३७ जनामध्ये २३ जनाको सनाखत भइसकेको छ ।

कोशी प्रदेशका विभिन्न जिल्लामा आएको लगातारको वर्षापछि पहिरोका कारण धेरै मानिस प्रभावित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी दीपक पोखरेल का अनुसार इलाम, खोटाङ, पाँचथर, भोजपुर, मोरङ र झापा लगायतका जिल्लाबाट ५३५ जनाको उद्धार गरिएको छ ।

सनाखत भएका मृतकहरूको विवरण :

  1. रोशन लिम्बु, २२ वर्ष (देउमाई नगरपालिका–५)

  2. बेबिसा राई, २२ वर्ष (देउमाई नगरपालिका–५)

  3. कृष्णमाया लिम्बु, ५७ वर्ष (माङसेबुङ गाउँपालिका–१)

  4. माया लिम्बु, ५० वर्ष (माङसेबुङ गाउँपालिका–१)

  5. नेहा राई, १७ वर्ष (पाँचथर मिम्लाजुङ घर, माङसेबुङमा मृत्यु)

  6. मनमाया क्षेत्री, ६५ वर्ष (सूर्योदय नगरपालिका–१, मानेभञ्ज्याङ)

  7. रस्मिका क्षेत्री, १० वर्ष (मानेभञ्ज्याङ)

  8. दीप बस्नेत, ४५ वर्ष (दोलखा घर, मानेभञ्ज्याङमा मृत्यु)

  9. भवानी बस्नेत, २२ वर्ष (दोलखा घर, मानेभञ्ज्याङमा मृत्यु)

  10. दिव्या बस्नेत, १२ वर्ष (दोलखा घर, मानेभञ्ज्याङमा मृत्यु)

  11. सुरेश लिम्बु, २८ वर्ष (फाकफोकथुम गाउँपालिका–३)

  12. दीपक लिम्बु, ३० वर्ष (देउमाई नगरपालिका–५)

  13. ऋषिका लिम्बु, २७ वर्ष (देउमाई नगरपालिका–५)

  14. दिपिस्का लिम्बु, १० वर्ष (देउमाई नगरपालिका–५)

  15. सौजन लिम्बु, ९ वर्ष (पाँचथर घर, देउमाई नगरपालिका–५ मा मृत्यु)

  16. सौगात लिम्बु, ११ वर्ष (पाँचथर घर, देउमाई नगरपालिका–५ मा मृत्यु)

  17. समीर देउजाली, २२ वर्ष (इलाम नगरपालिका–५ घोष, वडा नं. ६ मा मृत्यु)

  18. प्रवीण तामाङ, २३ वर्ष (इलाम नगरपालिका–७ घर, घोष गाउँमा मृत्यु)

  19. बिराज पाख्रिन तामाङ, २३ वर्ष (इलाम नगरपालिका–८ घर, घोष गाउँमा मृत्यु)

  20. अनु तामाङ, ३२ वर्ष (झापा अर्जुनधारा घर, घोष गाउँमा मृत्यु)

  21. प्रिन्सिका मगर, ८ वर्ष (माई नगरपालिका–५ घर, घोष गाउँमा मृत्यु)

  22. आवास दनुवार, ३ वर्ष (झापा अर्जुनधारा घर, घोष गाउँमा मृत्यु)

  23. कृष्ण मगर, २८ वर्ष (देउमाई नगरपालिका–३, लक्ष्मी बोटे)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?