ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

जितगढी सरायँ व्यवस्थापन समितिले भन्यो– अफवाहको पछि नलागौं, यस वर्ष पनि सरायँ नाच हुन्छ

१९ आश्विन २०८२, आइतबार
१९ आश्विन २०८२, आइतबार

बुटवल, १९ असोज ।

बुटवल उपमहानगरपालिका–१३, जितगढीमा बार्षिक रूपमा आयोजना हुने ऐतिहासिक सरायँ नाच यस वर्ष पनि हुने निश्चित भएको छ । वडा नं. १३ जितगढी सरायँ व्यवस्थापन समितिले सामाजिक सञ्जालमा फैलिएका गलत अफवाह विरुद्ध स्पष्ट पार्दै सरायँ नाच हुने जानकारी गराएको हो ।

जितगढीमा हरेक वर्षको दसैंकौ चतुर्दशीको दिन सरायँ नाच हुने गर्दछ । यसवर्ष पनि असोज २० गते सरायँ नाच आयोजना हुन लागेको हो ।

समितिका सल्लाहकार ऋषि आजादले गत वर्षको कार्यक्रममा प्रमुख अतिथिले रक्सी र मासु सेवन गरेको गम्भीर आरोप लगाएपछि यस वर्षको सरायँ नाच हुने–नहुने बारे अन्यौलता फैलिएको थियो । समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त गलत अफवाहका विरद्ध नलाग्न आग्रह गर्दै संस्कृति संरक्षणका लागि सरायँ नाच यसवर्ष पनि गरिने जानकारी गराएको छ । सम्मेलनमा समितिका अध्यक्ष खिम बहादुर थापाले भने, “सल्लाहकार आजादले सामाजिक सञ्जालमा लेखेको विषयले हामीलाई गम्भीर बनायो, तर सरायँ नाच निश्चित रूपमा आयोजना हुनेछ ।”

अध्यक्ष थापाले स्पष्ट पार्दै भने, “गत वर्ष उद्घाटनमा आएका मन्त्री न्यौपानेले ३२ हजार रुपैयाँको मासु र रक्सी सेवन गरेको भन्ने कुरा निराधार हो । सरायँ नाच व्यवस्थापनमा जम्मा ६२ हजार ५ सय रुपैयाँ खर्च भएको हो र मन्त्री ज्युले बिरामी भएर छिटै फर्किनुभयो, केही सेवन नै गर्नुभएको होइन ।”

सचिव पिताम्बर भण्डारीले जितगढीको ऐतिहासिक सरायँ नाच १२ वर्षदेखि निरन्तर चलिरहेको जानकारी दिंदै कसैले अफवाह फैलाए पनि नरोकिने बताए । यस वर्ष पनि नाच भव्यताका साथ हुने उनले बताए ।

भण्डारीका अनुसार, सरायँ नाचको सम्पूर्ण हिसाब–किताब पारदर्शी छ र समितिको निर्णय बिना कुनै काम भएको छैन । गत वर्ष समितिले २५ जना पुरुषलाई दौरा–सुरुवाल र ३ जना महिला सदस्यलाई ढाकाको ब्लाउज–सारी खरिद गरेको थियो । साथै, ७५ थान स्टकोट र टोपी समितिमा राखिएको छ, जुन केवल नाचका बेला मात्र प्रयोग हुनेछ ।

समितिले पोसाक र अन्य सामग्री व्यक्तिगत प्रयोजनको लागि नभएको भन्दै समितिमा रहने र पदमुक्त भएपछि फिर्ता गर्नुपर्ने जानकारी पनि गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?