Butwal Today

व्यावसायीहरूले पैसाको लोभ नगरी मानवता देखाउनुस् : शिक्षामन्त्री पुन

१९ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, १९ असोज ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले यातायात व्यवसायीहरूलाई पैसाको लोभी नभई मानवता पनि देखाउन आग्रह गरेका छन् । चाडपर्वको अवसरमा महँगो भाडा असुल्ने व्यवसायीहरूलाई उनले यस्तो सुझाव दिएका हुन् ।

दशैँ, तिहार, छठ जस्ता महान चाडवाडको बेलामा र अत्यधिक वर्षा, बाढी–पहिरो जस्ता प्राकृतिक विपद्को समयमा हवाइजहाज तथा सार्वजनिक सवारी साधनहरूले अत्यधिक महँगो टिकट बिक्री गरेर यात्रुहरूलाई शोषण गरेको उनलाई फोनमार्फत धेरै गुनासो आएको मन्त्री पुनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।

उनले भने, “भाडा घटाउन त मैले सक्दिन, तर व्यावसायीहरूलाई यस्तो बेलामा पैसाको लोभी नहुन र मानवता पनि देखाउन अनुरोध गर्दछु ।”