© 2026
काठमान्डौ, १९ असोज ।
निरन्तरको वर्षा र बाढी–पहिरोका कारण देशभरका राजमार्ग तथा ग्रामीण सडकमा पुगेको क्षतिको विवरण दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
उनको सचिवालयका अनुसार, पत्रकार सम्मेलन आइतबार दिउँसो २ बजे सिंहदरबारस्थित मन्त्रालयमा आयोजना हुनेछ । सम्मेलनमा सडक क्षतिको अवस्था, त्यसले यातायातमा पारेको प्रभाव र उठाइएका कदमबारे विस्तृत जानकारी दिइने छ ।
लगातारको वर्षा र बाढी–पहिरोका कारण यातायात सेवा प्रभावित भएका ठाउँमा मन्त्रालय र सम्बन्धित निकायले उद्धार तथा सुधारका कार्य तीव्र बनाएको जानकारी दिइएको छ ।