Butwal Today

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ 

१९ आश्विन २०८२, आइतबार
अ+
अ-

दाङ,१९ असोज । 

दाङमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन् ।

घोराही उपमहानगरपालिका–१ चितुवाटारीका ६४ वर्षीय ढालबहादुर चौधरीको हत्या आरोपमा उनकी  ६२ वर्षीया श्रीमती  छायादेवी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार गएराति सामान्य विवादमा झगडा हुँदा छायादेवीले टर्चलाइट प्रहार गरी श्रीमानको हत्या गरेको खुलेको छ ।

प्रहरीले घटनास्थलबाट टर्चलाइट बरामद गरेको छ भने छायादेवी चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाएको छ ।