Butwal Today

सुनको मूल्य बढेपछि बन्यो नयाँ कीर्तिमान, कति पुग्यो ?

१९ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, १९ असोज ।

दसैंका कारण केही दिन बन्द भएको सुनचाँदीको मूल्य निर्धारण आइतबारदेखि पुनः सुरु भएको छ । असोज १२ गतेपछि पहिलोपटक तोकिएको मुल्याङ्कन अनुसार सुनको मूल्य तोलामा ७ हजार ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि असोज १२ गते सुनको मूल्य २ लाख २३ हजार २०० रुपैयाँ प्रतितोला थियो ।

त्यस्तै, असोज १२ मा प्रतितोला २ हजार ८१० रुपैयाँ रहेको चाँदी आइतबार २ हजार ९३० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

आइतबार निर्धारण गरिएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको हो ।