ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

मानसिक स्वस्थ्य दिवसमा लायन्स डिष्ट्रिकको सप्ताहब्यापी कार्यक्रम

जागरण बढाउने, शिक्षा प्रदान गर्ने र लक्षित वर्गका सेवाग्राहीहरुलाई सेवा दिन्छौ । –डिजि भट्टराई
१७ आश्विन २०८२, शुक्रबार
१७ आश्विन २०८२, शुक्रबार

बुटवल, १७ असोज ।
लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पि नेपालको आयोजनामा विश्व मानसिक स्वस्थ्य दिवसको अवसरमा शनिबारदेखि सप्ताहब्यापी सचेतनामुलक कार्यक्रम गर्ने भएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलनमा डिष्ट्रिक गभर्नर बालाराम भटटराईले यो वर्ष “सानो कदम, ठूलो प्रभावः निरन्तर संवाद गरौं–सचेतना फैलाऔं” नारासहित लायन्सबाट विविध कार्यक्रम गर्न लागेको हो । जागरण बढाउने, शिक्षा प्रदान गर्ने र लक्षित वर्गका सेवाग्राहीहरुलाई सेवा दिने मुख्य ३ वटा कामलाई प्राथमिकतामा राखेको उनले बताए । ‘शनिबार बिहान जुम मिटिङमार्फत कार्यक्रमको औपचारिक उद्घाटन गरिने छ ।’– उनले भने ।

लगत्तै महिला, गृहिणी, टोल सुधार समिति, आमा समुहसहित समुदायमा रहेका हरेक संघसंस्थाहरुलाई समेटेर योग, मेडिटेसन, ट्रयाकिङका कार्यक्रम गरिने उनले बताए । यसैगरि प्रभातफेरि, सार्वजनिक स्थल र सवारी साधनहरुमा पर्चा वितरण गर्ने, मानसिक स्वस्थ्य शिविरहरु, विभिन्न मिडियाहरुमा प्रचारका कार्यक्रम, मनोचिकित्सा केन्द्र, पुनर्वास केन्द्र र परामर्श केन्द्रहरुसंग डिष्ट्रिक तथा क्लबहरुले सहकार्य गर्ने छन । लक्षित वर्गहरुलाई आवश्यक सामग्रीहरु वितरण गर्ने वा सहयोग गर्ने कार्यक्रम गरिने उनले बताए । लायन्सद्धारा दृष्टि/नेत्र स्वास्थ्य, युवा सशक्तिकरण, प्रकोप राहत, मानवीय सहायता, मधुमेह, बाल–क्यान्सर, भोक÷खाद्य असुरक्षा, पर्यावरण गरि आठ वटा ग्लोबल कजमा समुदायमा केन्द्रित भएर सेवा गर्दै आएकोमा यो वर्ष एउटा थप गरि नौ वटा बनाईएको उनले बताए । विश्व स्वस्थ्य संगठनका अनुसार नेपालमा ६० लाख मानिसमा कुनै न कुनै किसिमका मानसिक स्वस्थ्यको समस्या रहेको तथा त्यसमध्ये करिब ५ लाख मानिसहरुमा कडा किसिमको मानसिक समस्या रहेको छ । यसैगरि नेपालमा वर्षेनी ६ हजार बढि मृत्यु आत्महत्याबाट हुने गरेको र त्यसमध्ये ९० प्रतिशत मृत्यु आत्महत्याका कारण र आत्महत्या गर्नेमध्ये ८० प्रतिशत उदासिनताका कारण हुने उनले बताए । विश्व स्वस्थ्य संगठनका अनुसार ४ जनामा १ जनामा मानसिक समस्या हुने गरेको छ ।

कार्यक्रममा ग्लोबल डिष्ट्रिक मेन्टल हेल्थका संयोजक ओम कुमार श्रेष्ठले मानसिक स्वस्थ्य र नेपाली समाजको अवस्थाबारेमा प्रकाश पारे । शरिरमा चोट पटक लागेर बिरामी हुनेजस्तै मन वा भावनामा पिडा पुगेको अवस्थामा मानसिक समस्या हुने बताए । अझ त्यसमा पनि चिन्ता सम्बन्धी समस्या, मूड समस्या, व्यक्तित्व विकार, साइकोटिक समस्या, आघात÷तनाव समस्या, खानपान समस्या, नशा÷लत समस्या, बालबालिकासम्बन्धी समस्या लगायतका हुन्छन । समाजमा अझै पनि मानसिक स्वस्थ्यका बारेमा रहेका गलत, अमानविय र अवैज्ञानिक मान्यताहरुलाई चिर्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा पिजिडि तथा मेन्टल हेल्थ मनिटर महेन्द्र नारायण श्रेष्ठले विश्वका विकसित राष्ट्रका मानिसहरु सबैभन्दा धेरै मानसिक समस्याबाट ग्रसित रहेको तथ्याक सार्वजनिक भएको भन्दै धनसम्पति आर्जन भन्दा पनि जिवनशैलीलाई सरल बनाउन जरुरी रहेको बताए । लायन्स यसवर्ष नया थिमलाई थपेर विश्वभरमै समुदायमा जान लागेको उनले बताए ।

कार्यक्रममा फष्ट भिडिजी सन्दिप कशौधन, लायन्स डिष्ट्रिक सप्ताहब्यापी मानसिक स्वस्थ्य कार्यक्रमका संयोजक उमेश आचार्यले लायन्सको नया कार्यक्रम र देशमा आएको राजनीतिक परिवर्तन जस्ता विषयलाई मध्येनजर गरि विशेष प्राथमिकतामा राखेर कार्यक्रम गर्न लागेको बताए । जीवनविज्ञान लुम्बिनी प्रदेशसंग समन्वय गरि सकारात्मक सोच र जीवनविज्ञानका कक्षाहरु संचालनको तयारी रहेको छ । हाल डिष्ट्रिक अन्तरगत १५९ क्लबहरु छन भने त्यसमा ३५०० बढी सदस्यहरु छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?