ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

प्रेस चौतारी नेपालले भन्यो-गौरीबहादुर कार्कीको भूमिका प्रथम दृष्टिमै शंकास्पद, राजीनामा दिनुपर्छ

१५ आश्विन २०८२, बुधबार
१५ आश्विन २०८२, बुधबार

काठमाडौं, असोज १५ –

प्रेस चौतारी नेपालले जेनेजी आन्दोलनका क्रममा भएको गोली प्रहार र त्यसपछि भएका घटनाबारे छानबिन गरिरहेको आयोगको निष्पक्षता शंकास्पद रहेको जनाएको छ। साथै, सरकारले प्रतिशोध र पूर्वाग्रहका आधारमा ‘मिडिया ट्रायल’ गर्दै विधिको शासनको खिल्ली उडाएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।

बडादशैंको अवसरमा शुभकामना सन्देशसमेत दिँदै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले जारी विज्ञप्तिमा भदौ २३ गते आन्दोलनका क्रममा भएको गोली प्रहार र भदौ २४ गते भएको लुटपाट, आगजनी, सम्पत्ति नोक्सानीलगायतका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्नेमा जोड दिइएको छ।

विज्ञप्तिमा भनिएको छ- जेन्जी आन्दोलनकै नाममा सञ्चारमाध्यम तथा सञ्चारकर्मीका व्यक्तिगत सम्पत्तिमाथि आक्रमण, तोडफोड र लुटपाटका घटनाहरु भएका छन् । अहिले पनि सञ्चारकर्मीहरुमाथि देशभर धम्की आइरहेको अवस्था छ । देशमा दण्डहीनताको अन्त्य गर्नुपर्ने चुनौती रहेको छ ।’

छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले विभिन्न विषयमा निष्कर्ष निकाल्दै फैसला नै सुनाइसकेको जस्तो देखिएको भन्दै चौतारीले उनको भूमिका शंकास्पद रहेको दाबी गरेको छ।
‘तटस्थ र निष्पक्ष हुनुपर्नेमा कार्कीको जुन पक्षधरता देखिएको छ, यसले विधिको शासनको खिल्ली उडाउनुका साथै आयोगको निष्पक्षतामाथि समेत प्रश्न खडा गरेको छ,’ विज्ञप्तिमा भनिएको छ- ‘अध्यक्ष कार्कीको भूमिका प्रथम दृष्टिमै शंकास्पद देखिएकाले नैतिकताका आधारमा राजीनामा दिन माग गर्दछौं ।’
यस्तै, प्रेस चौतारीले सरकारले एकातिर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताको राहदानी रोक्का गर्ने सिफारिस गरेर पूर्वाग्रही ढंगले मिडिया ट्रायल चलाएको तर अर्कोतर्फ आन्दोलनपछि भएका विध्वंसकारी घटनामा संलग्न दोषीमाथि कारबाही नगरी प्रहरीलाई रोक लगाएको भन्दै आपत्ति प्रकट गरेको छ। प्रेस चौतारीका अनुसार सरकारले दिएको निर्देशनले अपराधीको मनोबल बढाउने र प्रहरीको कानुनी अधिकारमाथि हस्तक्षेप गर्ने काम गरेको छ।

प्रेस चौतारीले जेनेजी पुस्ताले उठाएका मागप्रति संवेदनशील बन्न र आगामी निर्वाचनको वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेको छ। साथै, नयाँ पुस्ताको विचार सुन्ने, छलफल र संवादतर्फ राजनीतिक दलहरू क्रियाशील हुनुपर्नेमा जोड दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?