ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

मुख्य पर्वमा उपभोग्य वस्तुको मूल्य वृद्धि, उपभोक्ता मारमा

१५ आश्विन २०८२, बुधबार
१५ आश्विन २०८२, बुधबार

पाल्पा ।

दशैं नजिकिँदै गर्दा पाल्पाका ग्रामीण भेगदेखि सदरमुकामसम्म उपभोग्य वस्तुको मूल्य आकस्मिक रूपमा बढेको छ। मूल्यवृद्धिका कारण उपभोक्ता मारमा परेका छन्।

निस्दी गाउँपालिका, ज्यामिरेकी कल्पना दर्लामीले गत महिनाभित्रै चामल, दालदेखि खाने तेलसम्मको मूल्य बढेकाले यस वर्षको दशैं महँगो भएको बताइन्। माथागढी गाउँपालिका, रुप्सेका दलबहादुर नेपालीका अनुसार व्यापारीहरूले दशैं नजिकिँदा दालमा प्रतिकिलो २०–४० रुपैयाँसम्म बढाएका छन्। “रहरको दाल २४० रुपैयाँ पुगिसक्यो। खानेतेल मात्रै २०–२५ रुपैयाँले बढ्दा त गरिबलाई दशैं नभएर दशा भएको छ,” उनले व्यथा सुनाए।

वगनासकाली गाउँपालिकाकी कमला गैरे भन्छिन्, “दशैं पर्खेर व्यापारीले किन मूल्य बढाउँछन् भन्ने प्रश्नको जवाफ त गाउँको सिंहदरबारले दिनुपर्छ।”

मूल्यमा फरक र म्याद नाघेका सामान

ग्रामीण क्षेत्रमा मात्रै नभई सदरमुकाम नजिकैका पसलहरूमा समेत मूल्यमा समानता छैन। एउटै वस्तुमा पसल अनुसार ठूलो मूल्य फरक पाइन्छ। उदाहरणका लागि, रहरको दालमा प्रतिकिलो २० रुपैयाँ र चिनीमा १० रुपैयाँसम्म फरक देखिन्छ।

त्यसमाथि ग्रामीण बजारमा म्याद नाघेका वस्तु खुलेआम बिक्री हुने गरेको छ। निस्दी गाउँपालिकाको रभ्मापु, वैखोलाका बासिन्दाले म्याद गुज्रिएका खाद्यपदार्थ बिक्री भइरहेको बताए। तर यसबारे उजुरी गर्ने प्रक्रिया थाहा नभएको उनीहरूको गुनासो छ। व्यापारीहरू पटक–पटक म्याद गुज्रेका वस्तु बेचे पनि कानूनी कारबाहीमा नपरेको उनीहरूको भनाइ छ।

अनुगमनको कमजोरी

व्यापारीहरूले लुटतन्त्र चलाउन सक्नुमा बजार अनुगमनको कमजोरी मुख्य कारण भएको उपभोक्ताको आरोप छ।
माथागढी गाउँपालिकामा स्थानीय तहको निर्वाचनपछि एकपटक मात्र मौसमी अनुगमन भएको साना व्यापारीहरू बताउँछन्। संघीय संरचना अघि सहायक प्रमुख जिल्ला अधिकारीदेखि प्रहरीसम्मको टोलीले बजार अनुगमन गर्ने कानूनी व्यवस्था थियो। तर अहिले बजार अनुगमनको जिम्मेवारी उपप्रमुख वा उपाध्यक्षमार्फत स्थानीय तहमा पुगेको छ।

तानसेन र रामपुर नगरपालिकाले भने तीन–तीन महिनामा नियमित रूपमा अनुगमन गर्ने गरेको सूचना अधिकारी भरत आचार्यले बताए। तर अन्य आठवटा गाउँपालिकाले दुई वर्षमा एक पटक मात्र अनुगमन गर्ने गरेको पाइएको छ।

आन्तरिक राजस्वमा मात्र ध्यान

गाउँपालिकाहरूले आन्तरिक राजस्व संकलनमा बढी जोड दिएर व्यावसाय दर्तामा मात्र ध्यान दिने गरेको, कालाबजारी नियन्त्रण वा मूल्य स्थिरता कायम गर्न भने उदासीन देखिएको व्यापारी आर्य भज्या भन्छन्।

तानसेन नगरले अनुगमन गरे पनि मूल्यमा समानता कायम गर्न नसकेको उपभोक्ताहरूको गुनासो छ। मूल्यसूची नराख्ने तथा बढी मूल्य लिने पसललाई कारबाही गर्नुपर्ने तर कानुन कार्यान्वयनमा कमजोरी देखिएको सूचना अधिकारी आचार्यले स्वीकार गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?