ट्रेंडिंग:

>> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश

विद्युतीय चार्जिङ स्टेसनबाट युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ

१२ आश्विन २०८२, आइतबार
१२ आश्विन २०८२, आइतबार

काठमाडौँ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनमार्फत युवाहरूलाई रोजगारी सिर्जना गर्न सकिने बताएका छन् ।

विद्युतीय चार्जिङ स्टेसनमा सवारी साधन चार्ज गर्न केही समय लाग्ने भएकाले यात्रुहरूलाई लक्षित गर्दै चार्जिङ स्टेसनको वरपर होटल, रेष्टुरेन्ट, कफी सपजस्ता सेवा व्यवसाय खोल्न सकिने र त्यसबाट रोजगारीको अवसर सिर्जना हुने उल्लेख उनले गरेका छन् ।

चेन्ज डिजिटलले काठमाडौंको सामाखुसीलगायत देशका विभिन्न स्थानमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको आइतबार उद्घाटन गर्दै मन्त्री घिसिङले प्रदूषण नियन्त्रणका साथै नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान इन्धनबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्नु आवश्यक रहेको बताए ।

उनले चार्जिङ स्टेसन व्यवसाय लगानीका लागि सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै यसबाट मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने धारणा राखे ।

नेपालमा उत्पादन भएको जलविद्युतको खपत बढाउन घरायसी प्रयोग, उद्योग तथा कलकारखानामा यसको प्रयोग विस्तार गर्न सकिने र यसले पेट्रोलियम पदार्थको आयात घटाउन सहयोग पुर्‍याउने उनले बताए ।

उनका अनुसार, आयात घटेसँगै विदेशी मुद्रा सञ्चितिमा सुधार आउने र त्यसले समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउनेछ ।

सरकारले विभिन्न नीति तथा योजनाहरू मार्फत विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिँदै आएको छ । सन् २०३० सम्ममा निजी सवारी साधनको ९० प्रतिशत र सार्वजनिक सवारी साधनको ७० प्रतिशत विद्युतीय बनाउने लक्ष्य रहेको छ । यो लक्ष्यलाई सन् २०३५ सम्ममा क्रमशः ९५ र ९० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ ।

विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न नेपाल विद्युत प्राधिकरणले देशभर ६२ वटा चार्जिङ स्टेसन स्थापना गरिसकेको छ भने निजी क्षेत्रबाट करीब ८०० वटा चार्जिङ स्टेसन सञ्चालनमा रहेका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले केन्द्रीय नवीकरणीय ऊर्जा कोष अन्तर्गतको भायबिलिटी ग्याप फन्डिङ सहयोगमा आधारित दिगो ऊर्जा च्यालेञ्ज फन्डमार्फत चार्जिङ स्टेसन स्थापनामा सहयोग गर्दै आएको छ । केन्द्रले १८ वटा कम्पनीसँग ४५ वटा आयोजनामार्फत १२४ स्थानमा चार्जिङ स्टेसन निर्माणमा सहयोग प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?