Butwal Today

उद्योगीलाई बक्यौता भुक्तानीका विद्युत् प्राधिकरणद्वारा अन्तिम चेतावनी

१२ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, असोज १२ ।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रङ्कलाइनमार्फत विद्युत् उपभोग गरेका तर अहिलेसम्म महशुल नतिरेका उद्योगीलाई कात्तिक १७ गतेभित्र बक्यौता बुझाउन अन्तिम चेतावनी दिएको छ ।

प्राधिकरणले २०७२ साल माघदेखि २०७५ साल वैशाख महिनासम्मको विद्युत् महशुल भुक्तानी गर्न निर्देशन दिँदै सूचना जारी गरेको हो ।

प्राधिकरण सञ्चालक समितिको अघिल्लो शुक्रबार बसेको बैठकले २८ महिनाको बक्यौता रकमलाई मासिक २८ किस्तामा तिर्ने सुविधा दिने निर्णय गरेको छ । सोही अनुसार किस्ताबन्दीमा भुक्तानी गर्न इच्छुक उद्योगीलाई तोकिएको प्रक्रियामा सहभागिता जनाउन आग्रह गरिएको छ ।

यसअघि प्रशासकीय पुनरावलोकनका लागि तोकिएको म्याद खारेज गरिसकिएको प्राधिकरणले जनाएको छ । तोकिएको समयसीमा भित्र महशुल नबुझाए विद्युत् महशुल सङ्कलन विनियमावली, २०७८ बमोजिम कानूनी कारबाही गरिने चेतावनी पनि प्राधिकरणले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?