ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

दीर्घरोगको प्रभाव गम्भीर : मानसिक तनाव र यौन समस्याबाट सम्बन्ध विच्छेदसम्म

१० आश्विन २०८२, शुक्रबार
१० आश्विन २०८२, शुक्रबार

पाल्पा । 

पाल्पा जिल्लामा मधुमेह र उच्च रक्तचापजस्ता दीर्घरोगको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको छ। यी रोगका कारण मानिसहरूमा मानसिक तनाव, चिडचिडोपन, थकान, यौन दुर्वलता जस्ता असरहरू बढ्दै गएका छन्, जसको सीधा प्रभाव पारिवारिक जीवनमा परिरहेको छ। कतिपय अवस्थामा त यस्ता समस्या सम्बन्ध विच्छेदसम्म पुगेका छन्।

रिब्दीकोट गाउँपालिका कुसुमखोलाकी ४० वर्षीया कमला खनालले विगत चार वर्षदेखि समय–समयमा शरीर तातो हुने, रिस उठ्ने र शरीर भारी हुने समस्या भोगिरहेकी थिइन्। यिनै लक्षणका कारण श्रीमान–श्रीमतीको सम्बन्धमा खटपट सुरु भयो। जब उनीहरू बुटवलको मनोचिकित्सककहाँ पुगे, तब मात्र रजोनिवृत्तिको प्रभावका कारण यस्तो समस्या आएको थाहा पाए।

वगनासकाली गाउँपालिकाकी विमला गैरेले पनि यस्तै अनुभव सुनाइन्। ४० वर्ष पार गरेकी गैरे दुई सन्तानकी आमा हुन् र मधुमेहकी दीर्घ रोगी हुन्। दिनभरीको घरायसी काम र साना बच्चाको जिम्मेवारी सम्हाल्दै जाँदा उनीमा पनि चिडचिडोपन र थकानको लक्षण देखा पर्‍यो। मानसिक तनाव बढेपछि दाम्पत्य सम्बन्धमा दरार आयो।

रामपुर नगरपालिकाका ५२ वर्षीय राजु खनाल सात वर्षदेखि मधुमेह र उच्च रक्तचापका कारण औषधि सेवन गरिरहेछन्। यौन क्षमता घटेपछि श्रीमतीसँगको सम्बन्धमा खटपट सुरु भयो। उनले स्वीकार गरे कि शारीरिक कमजोरीका कारण श्रीमतीको यौन चाहना पूरा गर्न नसक्दा उनीहरूबीच दूरी बढ्यो।

पूर्वखोला गाउँपालिकाका ५४ वर्षीय खुमबहादुर राना वैदेशिक रोजगारीबाट फर्केपछि मधुमेहको चपेटामा परे। औषधि सेवन गर्दै जाँदा यौन दुर्वलता गहिरिँदै गयो। अन्ततः श्रीमतीले सम्बन्धविच्छेद गर्दै पुनः विवाह गरिन्।

यस्ता घटना महिलामाझ पनि सामान्य हुँदै गएका छन्। माथागढी गाउँपालिकाकी कल्पना शारु १० वर्षदेखि मधुमेहको औषधि सेवन गर्दै आएकी छन्। उनी बताउँछिन्, मधुमेहका कारण आफूमै यौन इच्छा घटेको महसुस हुन थाल्यो। श्रीमानको आवश्यकता पूरा गर्न नसकेको आरोपमा अन्ततः उनी एक्लिएकी छन्।

पाल्पा जिल्ला अदालतमा बढ्दो सम्बन्धविच्छेदका घटनामा दीर्घ रोगसम्बन्धी कारण पनि देखिन थालेको अदालतका कर्मचारीहरू बताउँछन्। मानसिक तनाव, यौन असन्तुष्टि र आत्मविश्वासको कमी जस्ता लक्षणले वैवाहिक जीवनमा नकारात्मक असर पारिरहेको छ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलका अनुसार मधुमेहको संक्रमण दर पाल्पाका अधिकांश स्थानीय तहहरूमा उच्च छ। तानसेन नगरमा ७९.४ प्रतिशत, पूर्वखोला गाउँपालिकामा ७९.३ प्रतिशत, निस्दीमा ७७.९, तिनाउमा ७७.१, रिब्दीकोटमा ७४.३, रामपुर नगरमा ७३.८ र माथागढीमा ७१.२ प्रतिशत मधुमेहका रोगी भेटिएको उल्लेख गरिएको छ। साथै उच्च रक्तचापका बिरामीको संख्या पनि उत्तिकै चिन्ताजनक रहेको उनले बताए।

पाल्पा अस्पतालका प्रमुख डा. राजेन्द्र पौडेलका अनुसार दीर्घरोगले मानिसको यौन जीवनमा असर पुर्‍याउनु सामान्य हो। तर जीवनशैली, खानपान र मानसिक सन्तुलनमा सुधार ल्याएर यस्तो समस्यालाई न्युनिकरण गर्न सकिन्छ। उनले जनस्वास्थ्यप्रति सचेत रहन, परिक्षण गराउन र समयमै उपचार गर्न सबैलाई आग्रह गरे।

दीर्घरोग केवल शरीरको रोग होइन, यसले सम्बन्ध, मनोविज्ञान र सामाजिक संरचनालाई समेत प्रभाव पारिरहेको छ। यसले घर भत्काउँछ, आत्मबल घटाउँछ र जीवनको गुणस्तरलाई कमजोर बनाउँछ। त्यसैले समयमै पहिचान, उपचार र जीवनशैलीमा सुधार अत्यावश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?