© २०२३
काठमान्डौ, १० असोज ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते उत्पन्न असामान्य परिस्थितिबाट क्षति पुगेका उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा ऋणीहरूले पुस मसान्तसम्म कर्जा पुनर्तालीकीकरण र पुनर्संरचनाको सुविधा पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन जारी गर्दै पुनर्तालीकीकरण र पुनर्संरचना गरिएका कर्जालाई असार मसान्तसम्मको वर्गअनुसार कायम राख्न भनेको छ । निर्देशन अनुसार, उपर्युक्त बमोजिम पुनर्तालीकीकरण वा पुनर्संरचना गरिएका कर्जा असार मसान्तमा जुन वर्गमा रहेको छ, सोही वर्गमा कायम राख्नुपर्नेछ ।
साथै, जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष प्रभावित ऋणी संस्थासँग जोडिएका ९फरवार्डरब्याकवार्ड लिङकेज० ऋणीलाई प्रवाहित कर्जा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले प्रभावको यकिन गरी बुझाउनुपर्ने ब्याजको न्यूनतम ५ प्रतिशत रकम असुल उपर गरी पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न पाउने छन् ।