ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

माओवादी केन्द्रमा प्रचण्डको प्रस्तावमा नारायणकाजी र जनार्दनको असहमति

९ आश्विन २०८२, बिहीबार
९ आश्विन २०८२, बिहीबार

काठमाडौं, ९ असोज ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको विशेष महाधिवेशनको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन् ।

अध्यक्ष प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गरी पदाधिकारी र केन्द्रीय समिति भंग गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । तर, उपमहासचिव शर्माले उक्त प्रस्ताव अस्वीकृत गर्दै नयाँ प्रस्ताव राखेका छन् । उनले भनेका छन्, “सबै पदाधिकारीले राजीनामा दिएर निर्देशक समितिमा बसेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरौं ।”

यस अघि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पनि प्रचण्डको प्रस्ताव अनुसार मंसिरमा विशेष महाधिवेशन सम्भव नभएको बताउँदै भनेका थिए, “मंसिरमा विशेष महाधिवेशन सम्भव छैन, निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्छ ।”

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि प्रतिनिधि सभाबाट अर्को सरकार बन्न नसक्ने अवस्था आएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो ।

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते चुनावको मिति तोकेका छन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ अनुसार, उक्त चुनाव समयमै सम्पन्न गराउन पार्टीले भूमिका खेल्नुपर्ने भएकाले महाधिवेशन चुनावपछि गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

 तर, अध्यक्ष प्रचण्ड भने अहिले नै राजीनामा दिनुपर्ने बताउँछन् । बदलिएको परिस्थितिमा प्रचण्डले नेतृत्व छाड्नुपर्ने उनको आग्रह छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने,

“अध्यक्ष कमरेड प्रचण्डले अहिले नै अध्यक्ष छोडेर मलाई कार्यवाहक अध्यक्ष दिनुस् । यो मेरो कुरा होइन, आम कार्यकर्ता र यो हलको भावना हो ।” यसअघि आइतबार बसेको माओवादी पदाधिकारी बैठकमा पनि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्ष माग गरेका थिए । उपमहासचिव शर्माले भनेका छन्,

“नारायणकाजीले पनि मलाई कार्यवाहक दिनुपर्छ भनेर माग गर्नुभएको थियो । मैले भनेँ, दुई महिना त हो, केही बिग्रँदैन, दिनुहोस् ।” महाधिवेशनसम्म वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्षको रूपमा नेतृत्व गर्ने र त्यसपछि प्रचण्ड सहितका सबै पदाधिकारीले नेतृत्व नलिनुपर्ने उपमहासचिव शर्माको सार्वजनिक प्रस्ताव छ ।

साथै, अहिलेका सबै पदाधिकारी निर्देशक समितिमा रूपान्तरण हुनुपर्ने उनको माग छ । मंसिरमा हुने महाधिवेशनबाट पूरै नयाँ नेतृत्व ल्याउने उनको प्रस्ताव छ । यसले पार्टीको साख थप बढ्ने उनको विश्वास छ ।

उपमहासचिव शर्माले भनेका छन्, “पार्टीले केवल महाधिवेशन तोकेर मात्रै पुग्दैन, महाधिवेशनमा कार्यकर्ताले स्वतन्त्र रूपमा नेता छान्न पाउनुपर्छ र नयाँ विचार प्रस्तुत गर्ने वातावरण बनाउनुपर्छ।”

केन्द्रीय समितिको बैठकमै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्ष माग गरेका थिए र त्यसपछि बोलेका उपमहासचिव शर्माले पनि प्रचण्डको प्रस्तावमा असहमति जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?