Butwal Today

तोलामा १ हजार ७०० ले घट्यो सुनको मूल्य, चाँदीको कति ?

९ आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, ९ असोज ।

लगातार चार दिनसम्म बढ्दो क्रममा रहेको सुनको मूल्य आज घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँले घटेर दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।  हिजो सुनको मूल्य तोलामा दुई लाख २३ हजार रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर दुई हजार ६८५ रुपैयाँ पुगेको छ ।

हिजो चाँदीको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँ थियो ।