© २०२३
तिलोत्तमा, ८ असोज ।
तिलोत्तमा व्यापार संघले विजायदशमी, शुभदीपावली, छठ र नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्श लुम्बिनी प्रदेशका उपाध्यक्ष झविन्द्रप्रसाद कंडेल, संघका अध्यक्ष नेत्रप्रसाद न्यौपाने, प्रथम उपाध्यक्ष मानबहादुर बर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उपाध्यक्ष कंडेलले वर्तमान असहज व्यावसायिक वातावरणप्रति चिन्ता व्यक्त गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता औंल्याए । “व्यवसाय सुचारु राख्न नीति तथा वातावरण अनुकूल हुनुपर्छ,” उनले भने ।
संघका अध्यक्ष न्यौपानेले व्यापारीले सामना गरिरहेको चुनौतीहरू समाधान गर्न ठोस कदम आवश्यक रहेको बताए । उनले आर्थिक गतिविधि सुचारु राख्न सबै पक्षको समन्वय अनिवार्य रहेको उल्लेख गर्दै स्थानीय उत्पादन प्रवद्र्धन र रोजगारी सिर्जना गर्न संघले निरन्तर पहल गर्दै आएको बताए ।
प्रथम उपाध्यक्ष बर्माले व्यावसायिक वातावरण अस्थिर भएको अवस्थामा व्यवसायीहरूलाई आवश्यक सुरक्षा र समर्थन प्रदान गर्न सरकारसँग सहकार्य आवश्यक रहेको बताए । उनले आगामी समय व्यवसाय सुचारु राख्न ठोस रणनीति र सहकार्य महत्वपूर्ण हुने पनि उल्लेख गरे ।
कार्यक्रममा सहभागी व्यवसायी तथा संघका सदस्यहरूले आपसी मेलमिलाप र पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै समृद्ध व्यवसायिक वातावरणका लागि साझा प्रयास गर्न प्रतिबद्धता जनाएका थिए ।