© २०२३
भैरहवा, २७ मंसिर ।
टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाको भैरहवा सेवा केन्द्र उदघाटन भएको छ । ओमसतिया गाउंपालिका वडा नं. १ मा केन्द्रीय कार्यालय रहेको सहकारीको चौथो सेवा केन्द सिद्धार्थनगर नगरपालिका वडा नं. ८ भाइ मार्केट (कुमारी बैंक पश्चिम) तर्फ सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खांनले उदघाटन गरे ।
उदघाटन गर्दै नगर प्रमुख खांनले विकास गर्नका लागि २५÷५० जनालाई कमाउंन सिकाउंदैन भने जिरो भएको बताउंँदै खांनले एक्लै लुकिलुकी कमाएको कुनै औचित्य नहुने बताए । सहकारीको सफलताको शुभकामना दिंदै मेहनतको कमाइ सही ठाउँंमा लगानी गर्न आग्रह गरे ।
जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम प्रसाद तुलाचनले रुपन्देही सहकारी अभियानले सहकारी संस्थाका समस्यालाई यथोचित समस्या समाधान गरेको बताए ।
“जब नियमक निकायले ध्यान नदिएपछि अप्रत्यक्ष रुपमा अनुगमन गर्ने काम समेत गर्ने गरेका थियौं”, तुलाचनले भने, “उनीहरुको सुरुवात नै गलत तरिकाबाट थियो आज यो परिणाम आएको छ । जोश छ होस छैन नीति उनीहरुलाई थाहा छैन ।”
तुलाचनले ९० प्रतिशत सम्म लगानी गर्ने संस्थामा तुरुन्तै पैसा दिन त सक्दैन पैसा लगानी गरेको हुन्छ सहकारीमा अनिवार्यरुपमा सहकारी शिक्षा दिनुपर्ने बताए ।
जिल्ला बचत तथा ऋण सहकारी संस्थाका प्रकाश भट्टराईले जुन संस्थाले दर्ता गर्ने निकायले संस्था के छ अनुगमन गर्नु पर्ने बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले सहकारी सहकारीको नियम भित्र रहेर बचत संकलन गर्नुपर्ने बताए । सहकारी नियम भन्दा बाहिर गएर काम गर्दा समस्या आउने बताए ।
सिद्धार्थनगर नगरपालिकाका सहकारी प्रमुख कमलकान्त खनालले आर्थिकरुपमा प्रतिस्पर्धा हुने, जनसंख्याको अनुपातमा सदस्य भित्र्याउने हेर्दा दोहोरो सदस्य रहेको देखिने भन्दै प्रत्यक्ष नियमन गर्ने संस्था ३० भएको बताए ।
पुर्व सहकारी निरीक्षक तथा अडान रुपन्देहीका अध्यक्ष चन्द्रकान्त भट्टराईले सहकारीमा सदस्य बन्दा आफुले चिनजान भएको आधारमा सदस्य बनी रकम जम्मा गर्न आग्रह गरे ।
संस्थाका उपाध्यक्ष पर्शुराम बस्तोला, सन्चालक गोकुल पोखरेल, शेयर सदस्य मनोरञ्जन शर्मा लगायतले मन्तव्य राखेका थिए । संस्थामा ६ हजार १ सय ३५ जना शेयर सदस्य रहेका छन् ।