Butwal Today

दशैँ अवधिभर मनसुन सक्रिय रहने

७ आश्विन २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, ७ असोज ।

यस वर्षको मनसुन दशैँको मुख्य दिनसम्म सक्रिय रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दशैँ अवधिभर मनसुनको प्रभाव रहनेछ भने असोज २१ गतेपछि पश्चिम नेपालबाट क्रमशः यसको समापन हुने अपेक्षा गरिएको छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार दशैँको मुख्य दिन ठूलो वर्षाको सम्भावना नरहे पनि कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा हुने अनुमान छ । त्यस्तै, बीच–बीचमा घाम लाग्ने र बादल लाग्ने मिश्रित मौसम रहने सम्भावना पनि रहेको छ ।

महाशाखाले यात्रुहरूलाई सतर्क रहन आग्रह गरेको छ । मनसुन सक्रिय रहने भएकाले आवागमन अघि मौसमसम्बन्धी अद्यावधिक जानकारी लिन तथा सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउन सुझाव दिइएको छ । वर्षासँगै बाढी–पहिरोको खतरा बढ्न सक्ने र कतिपय स्थानमा सडक अवरुद्ध हुने सम्भावना रहेकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?